• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपा (माओबादी)ले स्थानीय सरकारलाई दियो १० दिने अल्टिमेटम

रोल्पा २०८२ पुष १३ गते आइतवार

नेत्र बिक्रम चन्द विप्लव नेतृत्वको नेकपा (माओबादी) गंगादेव रोल्पाले स्थानीय सरकार गंगादेव गाउँपालिकालाई २० बुंदे ज्ञापनपत्र बुझाएको छ।

स्थानीय तहमा भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य तथा सुशासनमा देखिएका समस्याहरुको समाधान गर्न सर्बपक्षिय सम्मेलनको माग गर्दै आइतबार स्थानीय सरकार प्रमुख हरि बहादुर पुन समक्ष ज्ञापन पत्र बुझाएको हो ।

ज्ञापन पत्र बुझ्दै अध्यक्ष पुनले तत्काल शिक्षकहरु संग छलफल गर्ने र अन्य बिषयमा पनि सवैपक्षहरुसंग छलफल गर्ने बताएका थिए । गंगादेवमा देखिएका समस्या समाधानका लागि सर्बदलीय तथा सर्बपक्षिय छलफलको आवस्यकता सबै पक्षबाट अपेक्षा गरिएको बिषय भएकोले ज्ञापन पत्रमा सर्वपक्षीय छलफललाई बिशेष जोड दिएको नेकपा (माओबादी) गंगादेवका सेक्रेटरी कलव सी (केबि)ले पोष्टपाटीलाई जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस