नेकपा एमाले कर्णाली प्रदेश अधिवेशनमा डोल्पा जिल्लाबाट शिक्षकहरुनै अधिबेशनमा प्रतिनिधिको रुपमा समाबेश भएको पाइएको छ । त्रिपुरासन्दरी नगरपालिकाबाट शिक्षक शेरबहादुर बुढा, गणेशमान पुन लगाएत डोल्पाबाट ५ जना शिक्षक अधिवेशनमा प्रतिनिधिकोरुपमा सहभागी भएको सामाचार नेपालपोष्ट खबरमा छापिएको छ ।

प्रदेश अधिवेशनमा सहभागी शिक्षकहरु बिद्यालयमा बिदा लिएका छन। नेकपा एमाले डोल्पाले शिक्षकहरुलाई प्रदेश प्रतिनिधि बनाएर सहभागी बनाएकोमा अहिले सामाजिक संजालमा आलोचना भइरहेको छ।
मुड्केचुला गाउपालिका अध्यक्ष दत्त शाहिले “नेकपा (एमाले)कर्णाली प्रदेसको प्रथम अधिबेसनमा डोल्पा जिल्लाबाट बिध्यालय बन्द गरि शिक्षक प्रतिनिधि भयर आउनुलाइ के भन्नु हुन्छ?” भन्दै सामाजिक संजाल मार्फत प्रश्न गरेका छन ।
नागरिक समाज डोल्पाका अध्यक्ष शेर बुढाले पनि शिक्षकहरु सक्रिय राजनितिमा रहेकोमा बिरोध जनाएका छन। उनले लेखेका छन “मेरो निजि बिचारमा राज्यको नियमित सेवा र सुबिधा खाएर अमुक पाटिप्रति मात्रै बफादारी गर्ने अनि आफ्नो नियमित कर्त्तव्य पुरा नगर्ने सबै राष्ट्र सेवक कमारीहरू र शिक्षकहरू देश द्रोही हो। चाहे जुनसुकै पाटिको किन नहोस्।”्
प्रस्तावित शिक्षा बिध्येयकमा शिक्षकहरुलाई राजनितिमा प्रतिबन्ध लगाउने प्रस्ताव गरिएको समयमा शिक्षकहरू पार्टीका कार्यक्रमहरुमा सक्रिय रहनु, राजनितिमा सहभागी भएको बिषयले सबैको ध्यान केन्द्रित गरेको छ ।
डोल्पामा सबैजसो शिक्षक, कर्मचारीहरु सामाजिक संजाल मार्फत सक्रिय राजनितिमा छन, राज्यको तलव खाएर सधैजसो सरकारको आलोचना गरिरहेको देखिन्छन ।

