• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा नेपाली काँग्रेस सभापति माओवादी केन्द्रमा प्रवेश

रोल्पा २०८२ भाद्र ४ गते बुधवार

रोल्पाको गंगादेब गाउँपालिकामा नेपाली काँग्रेसका टोल सभापति ज्ञानबहादुर वलीले नेपाली काग्रेस परित्याग गरेका छन । उनले नेकपा (माओवादी केन्द्र) गंगादेब गाउँपालिका वडा नं २ समितिको अधिवेशनमा पुगेर माओवादी केन्द्र प्रवेश गरेका हुन ।

ओइलाम टोल सभापति ज्ञानबहादुर वली र स्वतन्त्र बिचार समुहका सुनिल वलीलाई लुम्बिनी प्रदेश उपाध्यक्ष बिरबहादुर खत्रीले टीका माला अबिर लगाएर माओवादी केन्द्रमा स्वागत गरेका हुन । ज्ञानबहादुर वली नेपाली काग्रेस गंगादेब गाउँपालिका  वडा नं २ साविक ओत ८/९ ओइलामका टोल सभापति हुन ।

उनले पार्टी प्रवेश पछि सम्बोधन गर्दै नेपाली काँग्रेस पार्टी राम्रो भएको तर स्थानीय पार्टी प्रतिनिधि र सत्ताका प्रतिनिधि फोहोरको डंगुरमा डुबेको बताए । आफुलाइ ब्यक्तिगतरुपमा कसैसँग असन्तुष्टि नरहेको तर गाउँपालिका र ओइलामको समग्र विकासमा स्थानिय सरकारले न्यायोचित पहल गर्न नसकेको र गाउँपालिका पार्टीले उपयुक्त पहल लिन नसकेकाले पार्टी नै छोडेको बताए ।

गंगादेबको न्यायोचित विकास गर्ने पार्टीलाई साथ रहने र त्यो काम माओवादी केन्द्रले गर्ने वलीले बताए ।

प्रतिक्रिया दिनुहोस