• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाल शिक्षक महासंघ माडीको तेस्रो अधिवेशन सम्पन्न

रोल्पा २०८२ भाद्र १५ गते आइतवार

नेपाल शिक्षक महासंघ माडी गाउँ समितिको तेस्रो अधिवेशन नयाँ नेतृत्व चयन गर्दै शनिबार घर्तिगाउँमा सम्पन्न भएको छ ।

     नेपाल शिक्षक महासंघ माडी गाउँ समिति अध्यक्ष लोकचन्द्र प्रकाश घर्तिमगरको अध्यक्षता एवम् नेपाल शिक्षक महासंघका केन्द्रिय सदस्य भिम प्रकाश पुनको प्रमुख आतिथ्यमा भएको अधिवेशनमा माडी २ का वडा अध्यक्ष ललित घर्तिमगरको विशिष्ट आतिथ्यता रहेको थियो । अधिवेशनले विधान बमोजिम पहिलो भएको संगठन एकीकृत अखिल नेपाल शिक्षक संगठनबाट चित्र बहादुर बुढामगर, अमर बहादुर घर्तिमगर सहसचिव र सदस्यहरुमा लिलाधर वली, इन्द्रा कुमारी केसी घर्ती र हेमराज शाह निर्वाचित भएका छन । त्यस्तै दोस्रो भएको नेपाल राष्ट्रिय शिक्षक संगठनबाट दलविर घर्तिमगर उपाध्यक्ष, बुद्धिसिङ खड्का सचिव, सदस्यहरुमा उपेन्द्र कुमार पुन, मानसिङ डाँगी र झरना विष्ट निर्वाचित भएका छन । तेस्रो भएको नेपाल शिक्षक संघबाट सह अध्यक्ष पुनाराम जि.एम., सह सचिव दिल कुमारी वली र सदस्यहरुमा तोप बहादुर घर्ती र शेर बहादुर डाँगी भएका छन । चौथो भएको अखिल नेपाल शिक्षक संगठनबाट लक्ष्मण खड्का सह सचिव (अर्थ), सदस्यहरुमा रोशन कुमार वली र मोहन सिङ घर्ती निर्वाचित भएका छन । चौथो भएको अखिल नेपाल शिक्षक संगठनबाट महिला उपाध्यक्ष पछि थप्ने गरि अधिवेशन सम्पन्न भएको निर्वाचन समिति संयोजक वुद्धिमान ओलीले जानकारी दिनुभयो ।

सदस्य संख्या निम्न रहेको जानकारी प्राप्त भएको छ ।

१) एकीकृत अखिल नेपाल शिक्षक संगठन – १४९ जना

२) नेपाल राष्ट्रिय शिक्षक संगठन -३९ जना

३) नेपाल शिक्षक संघ -३८ जना

४) अखिल नेपाल शिक्षक संगठन -६ जना

प्रतिक्रिया दिनुहोस