भारतमा हुन लागेको लोकसभाको चुनावले यति बेला विश्वको ध्यान खिचेको छ । विश्वको ठूलो लोकतान्तिक मुलुक यतिबेला चुनावमय भएको छ । देशमा चुनाव आउने भन्ने बितिकै जनतामा विभिन्न आंश्वासन बाड्ने प्रचलन पनि छ ।
त्यही आकर्षण देखाउने क्रममा भारतको तामिलनाडु राज्यको तर्फबाट लोकसभा उम्मेदवार बनेका एक नेताले आफूले चुनाव जिते घरघरमा १० लिटर रक्सी सितैमा पुर्याइदिने प्रतिबद्धता जनतामाझ जाहेर गरेका छन् ।
स्वतन्त्र उम्मेदवार बनेका शेख दाउदले सो घोषणा गरेका हुन् । उनले आफुलाई चुनावमा विजयी गराउने जनताका घरघरमा १० लिटर रक्सी सित्तैमा पुर्याइदिने बताएपछि यो कुराले चर्चा पाएको हो ।