• एउटै दृष्टि, भिन्न कोण
  • Search

भ्रष्टाचार बिरुद्धको अभियानमा अंरिङगाल नबनौं !

२०७६ जेष्ठ ११ गते शनिवार
  • गंगाप्रसाद भट्टराई

भ्रष्टाचारी कुनै पार्टीको हुदैन । भ्रष्टको आस्था, बिचार पनि हुदैंन । भ्रष्ट मनुवाको एउटै उदेश्य हुन्छ, जहाँ पुगेपनि भ्रष्टाचार नै गर्ने ? सत्तामा पुगेका सबै नेपाली राजनीतिक दल र केहि नेताहरु जतिसुकै चिल्ला गफ मारेपछि, भ्रष्टाचारको जालोमा परेकै छन् ।

हाम्रो समाज भ्रष्ट नेतृत्वबाट जबसम्म अन्त्य हुदैन, तबसम्म समृद्धिका भाषण हावा गफमै पर्छन् । यतिबेला नेपाली समाजले बैकल्पिक राजनीतक धार निमार्ण गरिसकेको छ । अथात् पुराना भष्ट पार्टीहरुको बिकल्प खोजिसकेको छ । साझा विवेकशिल पार्टी नेपाली समाजले आर्थिक समृद्धि र कल्याकारी राज्य बनाउनका निम्ती स्थापना गरेको सुसंस्कृति सहितको राजनीतिक पार्टी हो ।

नेपाली जनताले रबीन्द्र मिश्रको नेृतत्वमा गाउँ–गाउँमा चेतनाको बिगुल फुक्न र बर्तमान राजनीतिको समिक्षा गर्न देशैभरी पठाएका छन् । पार्टीको अभियान प्रति जनताको निकै आशा र अपेक्षा थपिएको पार्टीले समिक्षा समेत गरेको छ ।

भ्रष्टाचार बिरुद्धको अभियान चलिरहदा कुनै पार्टीको अंरिगाल बन्न आबयक छैन । राष्ट्र निमार्ण गर्ने अठोड बिस्वास र जनताको अपेक्षा अनुरुपका कार्यक्र चल्दै गर्दा पार्टीको झोला बोकेर अंरिगाल बन्नु सबैभन्दा मुर्खता हुनेछ । देशमा चलिरहेको भ्रष्टाचार बिरुद्धको अभियानमा सामेल बनौं, जनताको जनमतको पक्षमा जुठौं, राम्रो काममा गलत नेतृत्वको अंरिङगाल नबनौं ।

प्रतिक्रिया दिनुहोस