• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोकिएन रास्वपाको पहिरो बागमती प्रदेश उपसभापति कांग्रेसमा प्रवेश

काठमान्डौ २०८२ फाल्गुन १२ गते मङ्गलवार

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बागमती प्रदेश उपसभापति दिनेश हुमागाईं नेपाली कांग्रेसमा प्रवेश गरेका छन्। लामो समयदेखि रास्वपाको प्रदेश संगठनमा सक्रिय भूमिका निर्वाह गर्दै आएका हुमागाईंले पार्टीको साधारण सदस्य समेत नरहने गरी राजीनामा दिएर कांग्रेस रोजेका हुन्।

उनलाई नेपाली कांग्रेसका महामन्त्री गगन कुमार थापाले एक विशेष कार्यक्रमका बीच पार्टीमा स्वागत गरे। सो अवसरमा महामन्त्री थापाले हुमागाईंको प्रवेशले कांग्रेसलाई थप उर्जा मिल्ने बताए।

प्रतिक्रिया दिनुहोस