• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्नातक उत्तीर्ण गर्न १० वटा रूख रोप्नै पर्ने

२०७६ जेष्ठ २७ गते सोमवार

मनिला स् स्नातक तह उत्तीर्ण गर्न न्यूनतम १० वटा रूख रोप्नैपर्ने नियम फिलिपिन्समा लागू भएको छ। जंगलक्षेत्र घट्दै गएपछि फिलिपिन्सले अनौठो नियम लागू गरेको छ। यहाँको वनक्षेत्र बीसौं शताब्दीमा ७० प्रतिशतबाट २० प्रतिशतमा झरेको थियो। वनक्षेत्र बढाउन सरकारले नयाँ कानून बनाउँदै यस्तो व्यवस्था गरेको हो।

यहाँको माग्दलो दलका नेता ग्यारी अलेसनोले उक्त कानून बनाउन महत्वपूर्ण भूमिका खेलेका थिए। यो नियम पालन भए एक पुस्ताले करिब ५ अर्ब २५ करोड रूख रोप्ने उनले बताए। तीमध्ये आधी मात्रै बाँचे पनि आगामी पुस्तालाई २ अर्ब ६२ करोड रूख उपलब्ध हुने सरकारी अनुमान छ।

अलेसनोका अनुसार नयाँ नियमअनुसार हाइस्कुलदेखि स्नातकसम्मका विद्यार्थीले वार्षिक १७ करोड ५० लाख रूख रोप्नेछन्। स्थानीय प्रजातिका रूख वन, संरक्षित क्षेत्र, सैन्य इलाका र शहरका निश्चित क्षेत्रमा राृप्नुपर्नेछ। शिक्षा विभाग र उच्च शिक्षा आयोगलाई नियम पालन गर्न आदेश दिइएको छ। –एजेन्सी

प्रतिक्रिया दिनुहोस