• एउटै दृष्टि, भिन्न कोण
  • Search

रवि लामिछानेलाई युरोपबाट ठूलो समर्थन !

२०७६ भाद्र ३ गते मङ्गलवार
  • सन्तोष न्यौपाने (बेल्जियम)

चर्चित पत्रकार रवि लामिछाने पक्राउ पश्चात देश भर यो चर्चाको विषय बनेको छ।चितवन जिल्लामा दिनहुँ रविको समर्थनमा प्रदर्शन भइरहेका छन्।तर युरोपियन भूमि बाट पनि लामिछानेको समर्थनमा नेपालीहरु अगाडि बढेका छन्।

केही समय अगाडि रविले रास्कोट हस्पिटल निर्माणको लागि सार्वजनिक रूपमा आव्हान गरेका थिए। यसै क्रममा बेल्जियम बाट संगीत गुरुङ र नारायण धितालको समुहले १९ लाख बेसी रकम जम्मा गरेको थियो। युरोपियन देशहरूमा बस्ने नेपालीहरूको रवि प्रतिको सम्मान उत्तिकै देखिन्छ।अझ पक्राउ परेपछि उनिहरुले उत्तिकै समर्थन गरेका छन्।

यसै मध्यका केहीलाई हामीले स्थान दिएका छौं।

लीला शर्मा मानन्धर,बेल्जियम

विदेशमा बस्नु हुने सम्पूर्ण महानुभावहरुमा यो घडीमा रबि लामिछानेजीलाई एक्बधाता जाहेर गरिदिन हुन् हार्दिक अनुरोध l
अनुसन्धानको क्रममा रबिजीलाई हिरासतमा रहेको यो अवस्थामा वहाले स्वयम यदी आफु कहिपनि संग्लग्न भएको प्रमाण भेटिएमा म हदै सम्मको सजाय भोग्न तयार रहेको भन्दै , एक निडर , सच्चा नेपाल प्रेमी , समाज सेबी अनि हाल देशको लागी चाहिएको कर्मठ युवा छाती फुकाएर अदालतको ढोकातिर लम्केको देख्दा वहाको सम्मान अझै बढी भएको देख्छु l अनुसन्धानको पाटो हेर्दा सबैलाई असहज भएको देखिन्छ , एक पत्रकारलाई कुनै जानकारी बिना अडियोको भरमा कार्यक्षेत्रबाटै हिरासत गर्न पाउने वा नपाउने र यो कुन क्षेत्र अधिकार मातहतमा पर्छ यसको निर्क्योल अवस्य पनि कानुनविदहरुले नै अजागर गर्नेछन, तर यो संस्कारले के देखियो भने भोलिका दिनमा जसले पनि आफ्नो रिस साध्न जसको पनि नाम लिने परिपाटीको सुरुवात हुने पो होइन भन्ने ठुलो प्रश्न चिन्ह पनि साथ साथै खडा गरेको छ l उत्पन्न भइसकेको घटनाको अनुसन्धान गर्ने प्रहरी प्रशासनले गर्न पाउनु पर्छ तर अनुसन्धानको क्रमलाई, अनुसन्धानका तह अनुसार अनुसन्धान गर्न पनि तेतिक्कै महत्व पूर्ण हुन जान्छ l

यस घटनाको सहि तथ्य बाहिर ल्याउन प्रहरी प्रशासन सफल होस् , सहि मान्छेले सफाई पावोस, घटनामा संग्लग्न लाई कडा भन्दा कडा कारवाही होस् भन्ने चाहना मेरो पनि छ l देशमा विधिको शासन होस् भने हामी सबैको चाहना हो l तर अनुसन्धानको क्रममा गलत मान्छेलाई सजाय नहोस भन्न चाहन्छु l जसरि अडियोको आधारमा रबिजी लाई हिरासतमा लागिएको छ त्यसै गरि यो अडियो प्रकाशन गर्ने महानुभावलाई पनि संगै लगेर अनुसन्धान गर्नु पर्ने अति आवास्यक देखिन्छ l

अन्तमा :मृतक पत्रकार भाईको आत्माको चिर शान्तिको कामना गर्दै सम्पूर्ण परिवारमा हार्दिक समबेदना प्रकट गर्दै ,अनुसन्धान सहि, निस्पक्ष तरिकाले अगाडी बढोस , मृतकले न्याय पावोस, निर्दोषलाई दोषी नठहराइयोस र दोषी उम्कन नपावोस भन्ने चाहना राख्दछु l तर निर्दोष लाई दोषी ठहराउने अनि दोषीलाई उम्काउने चलखेल भएमा केवल देशमा रहेका नागरिकले मात्र नभएर , विदेशमा बस्ने नेपाली मुलका
नेपालीले पनि साथ दिने छन् l

सागर सुवेदी,भियना अस्ट्रिया

पूर्व प्रहरी अतिरिक्त महानिरिक्ष्यक बिज्ञान राज शर्माको बोली लाई आधार बनाएर भन्दा “प्रहरीले पक्राउ गरेर नै अनुसन्धान गर्नै नपर्ने” खाल्को आरोपमा पक्राउ परेका रबी लामिछाने लाई जिल्ला अदालतबाट चितवन बाट फेरी अनुसन्धानको लागि पाच दिन म्याद थप !

बर्तमान अवस्थामा सरकार ( सम्पूर्ण राज्य, अदालतमा पनि राजनीतिक पार्टी कै कार्यकर्ता न्यायधिस हरु भएको अवस्थामा) जनताको छोरो रबी लामिछानेलाई सिध्याउने बिशेष डिजाइन जस्तो प्रस्ट हुँदै गएको देखिन्छ ।

तर बुझौ, यसै अवस्थाले केपि ओलीको सरकार पनि ढल्न सक्छ ।

सीता सापकोटा ,बेल्जियम

कसैको हत्या गर्नु वा आत्महत्या गर्न बाध्य बनाउनु दुबै अपराध हुन र आत्महत्या गर्नु पुर्व कसैको नाम पोलेर बोल्न बाध्य बनाउनु अर्को अपराध हो, सत्य तथ्य छिटै बाहिर आवस, अपराधी लाई कानुनको दायरामा ल्याईयोस र कडा कारवाही होस, कसैलाई नियतवस सक्न खोजेर कोही सकिदैन, सत्यको बिजय हुने छ, आसा छ पत्रकार रबि लामिछाने निर्दोष साबित हुने छन।

नारायण धिताल,बेल्जियम

किन ५ दिन थप ..? रबि का प्रत्यक पाईला हरु देश र जनताका लागि महत्त्वपूर्ण छ ! नरोकियोस सरकार !

सुरेश जोशी,पोर्चुगल

नियंत्रण लिनुस, छानबिन गर्नुस, न्याय दिनुस
मुख्य कुरा खेम भण्डारी जी सिधा कुरा जनता सँग कार्यक्रममा बहस गर्न तयार भएकै बेला शालिकराम भाईको आत्महत्या हुनुले अनुसन्धान यो पाटोबाट पनि हुनुपर्दछ भन्ने मेरो मान्यता छअनुसन्धान ब्यापक एङ्गलबाट होस्, हत्या हो या आत्महत्या
हत्याराको नाईके राजनीतिक वा गैर राजनीतिक हो
न्याय त् पाइहालेउ सतीले सरापेको देशमा
तर पनि आशा गरौ शालिकको आत्माको चीर शान्तीका लागि अनुसन्धानका अनेकन पाटा खुल्ला राखी अनुसन्धानको सुरुवात होस्

प्रभात किरण , डेनमार्क

शुभ संकेत देखिन थालि सकेको छ, परिवर्तनको ।
**********************
एमाले र माववादीको एकिकरण भइ रहदा मैले भविश्यवाणी गरेको थिए, कुनै बेला यो एकिकरणमा कांग्रेश पनि मिल्न आऊने छ । जतिवेला जन्ताहरु जाग्नेछन , यी सवै भ्रस्टहरुको विरुद्दमा जन्ता एक हुनेछन । यी व्वाँशाहरु अस्तित्व रक्षाको लागि अन्तिम विकल्प स्वरुप एकिकरण हुनेछन ।

न निम्ता न सुपारी
न प्रभाव, न दवाव आएको हो ।
न सुपारी, न निम्ता पाएको हो ।
सडकमा निस्कनुको एउटै छ कारण
रबिको सूकर्म मनभित्र छाएको हो

विवेकीहरुको झाङ
झण्डा र डण्डा वाङिदै जानेछन् ।
दलाल भ्रष्टहरु नाङिदै जानेछन् ।
तव मात्रै सम्बभ छ समृद्ध नेपाल
जब सचेत नेपालीहरु झाङिदै जानेछन् ।

***************************
रबिको समर्थनमा ऊर्लिएको जनसागर रोक्न कांग्रेश कम्युनिष्टको गठबन्धन यति चाँडो होला भन्ने मैले सोचेकै थिईन ।

सूर्य तिवारी,जर्मनी

डा केसी निर्मूल भए , सरकारलाई सजिलो भो । रवि लामिछाने लाई बाटोबाट हटाइने प्रायोजित प्रपंच ले देखायो । अब बाकी कुलमान घिशिंग ,ज्ञानेनद्र शाही अनी डा सुरेन्द्र केशी पनि खतरा मुक्त छैनन । यति गरेपछी सरकार लाई जिसकाउने कोहि हूदैन । यो सरकारको सफलता नै मान्नु पर्छ ।

गोपाल रेग्मी,स्पेन

रबीलाइत भिडियोमा पोलेको आधारमा समात्यो,बीमानस्थलमा पुलिस अफिसरलाई मुक्क्याउने गजडीलाई समात्ने ल्याकत राख्ला पुलिसले?

खिमलाल पन्थी,लक्जेम्बर्ग

निर्मला हत्याकाण्डको खोजविन गर्नु नै अपराध भयो। सत्यको मार्ग हिड्न नेपालमा कति अप्ठयारो रहेछ ! भन्ने एक जमात मेरै वरीपरी छन है ।

प्रतिक्रिया दिनुहोस