• एउटै दृष्टि, भिन्न कोण
  • Search

सत्य समाचार उपर मुद्दा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो !

२०७६ भाद्र ४ गते बुधवार
  •  किशोर श्रेष्ठ

मैले एक हप्ताअघि नै भनेको र लेखेको छु-“शालिकराम प्रकरणको भिडियो उहाँकै परिवारबाट पाएर निस्पक्ष र शीघ्र अनुसन्धानको निम्ति त्यसमा आधारित हुँदै हामीले समाचार प्रकाशन /प्रशासन गरेका हौं !” हिजो अधिवक्ता सुनिल पोख्रेल आफैले चितवनमा पत्रकारहरुका सामु (हामीले शुरुदेखि जे भन्दै आएका थियौं) त्यही भन्नुभएको छ,अर्थात भिडियोका दुई अलग अलग क्लिप्स छन् एउटा ८ मीनेट २८ सेकेन्डको र अर्को ४ मीनेट ५८ सेकेण्डको !

आज यसैमा फण्डा मच्चाउँदै केहीले हाम्राबिरुध्द साइबर क्राइमको केस दर्ता गराउन खोजेको सुनियो,पत्रकारले तथ्यमा टेकी लेखेका समाचारउपर मुध्दा दर्ता हुन्छ भने अब यति कुरा सोध्नैपर्ने भयो-म यिनका बिरुध्द केस दर्ता गर्न पुलिसमा जाँदैछु भनी फेसबुकमा पहिले नै स्ट्याटस लेखेर,दर्तै हुन नसकेको,हुन नपाएको केस दर्ता भैसकेको होहल्ला गराएर सामाजिक र सार्वजनिक रुपमा हाम्रो मानमर्दन गर्नेहरुबिरुध्द अब के हुन्छ ? आफूमाथिको आरोपलाई बिषयान्तर गर्नको निम्ति ती चेली अस्मिता कार्की “रुकु” को निजी सम्बाद आफ्नो च्यानलमार्फत छरपस्ट पार्नेहरुबिरुध्द के हुन्छ ? 

हामीले परिवारबाट पाएको भिडियो भन्दाभन्दै Conspiracy Theory अन्तर्गत निशाना अन्ततिर सोझ्याउने र उल्टो अनेक लान्छना मृतक शालिकरामबिरुध्द लेख्दै हिंड्नेहरुबिरुध्द के हुन्छ ? मेरो अमेरिकी पासपोर्ट खोसेर मलाई नेपाली नागरिकता लिन लगाउने ? पख् तेरो पनि पासपोर्ट खोसेर देखाइदिन्छु भन्दै बदलाको कार्यक्रम प्रशारण गर्नेहरुबिरुध्द के हुन्छ ? १६ बर्षअगाडि सबैतिरबाट सफाइ पाएको आत्महत्याको केसलाई हत्या नै हो भन्दै आफ्नो च्यानलमार्फत फैसला सुनाउनेहरु बिरुध्द के हुन्छ ? ॐ अस्पतालमा सिन्धुपाल्चोककी गरिब बिमारी रामप्यारी उपचारको गडबडीका कारण अकाल मृत्युको मुखमा पुगेको त्यति चर्चित प्रकरण ससुराली नाताको कारण गुपचुप गराउनेबिरुध्द के हुन्छ ?

श्रेष्ठ लेख्नुहुन्छ 

प्रतिक्रिया दिनुहोस