• एउटै दृष्टि, भिन्न कोण
  • Search

पुराना पार्टीहरु भ्रष्टाचारको दल–दलमा फसे !

२०७६ भाद्र ७ गते शनिवार
  • गंगाप्रसाद भट्टराई

भ्रष्टाचारी कुनै पार्टीको हुदैन । भ्रष्टको आस्था, बिचार पनि हुदैंन । भ्रष्ट मनुवाको एउटै उदेश्य हुन्छ, जहाँ पुगेपनि भ्रष्टाचार नै गर्ने ? सत्तामा पुगेका सबै नेपाली राजनीतिक दल र केहि नेताहरु जतिसुकै चिल्ला गफ मारेपछि, भ्रष्टाचारको जालोमा परेकै छन् ।

हाम्रो समाज भ्रष्ट नेतृत्वबाट जबसम्म अन्त्य हुदैन, तबसम्म समृद्धिका भाषण हावा गफमै पर्छन् । यतिबेला नेपाली समाजले बैकल्पिक राजनीतक धार निमार्ण गरिसकेको छ । अथात् पुराना भष्ट पार्टीहरुको बिकल्प खोजिसकेको छ । साझा विवेकशिल पार्टी नेपाली समाजले आर्थिक समृद्धि र कल्याकारी राज्य बनाउनका निम्ती स्थापना गरेको सुसंस्कृति सहितको राजनीतिक पार्टी हो ।

नेपाली जनताले रबीन्द्र मिश्रको नेृतत्वमा गाउँ–गाउँमा चेतनाको बिगुल फुक्न र बर्तमान राजनीतिको समिक्षा गर्न देशैभरी पठाएका छन् । पार्टीको अभियान प्रति जनताको निकै आशा र अपेक्षा थपिएको पार्टीले समिक्षा समेत गरेको छ

प्रतिक्रिया दिनुहोस