• एउटै दृष्टि, भिन्न कोण
  • Search

युरोपमा एन आर एन को बेतिथी:सिस्टममा चलेको देशमा रहेको एन अार एन सिस्टम विहिन

२०७६ भाद्र १० गते मङ्गलवार
  • सन्तोष न्यौपाने (बेल्जियम)

सीताले आशीर्वाद दिँदै अर्जुनलाई भनिन्”मेरो आशीर्वाद छ उपाध्यक्ष पक्का”।

माथिको वाक्यांश हेर्दा झट्ट महाभारत र रामायणका पात्र र त्यसका गतिविधिको प्रतिबिम्बित भयको भान हुनसक्दछ। तर नझुक्किनुस् है न सीता रामायण को जस्तो पात्र हुन् न त अर्जुन नैं महाभारत को जस्तो स्वच्छ पात्र हुन।यी दुवै एन अार एन बेल्जियम संग सम्बन्धित पात्र मात्रै हुन्।
नेपाली जन सम्पर्क समिती बेल्जियम की अध्क्षय सीता सापकोटा ले कुनै कार्यक्रममा यसै गरेर आशीर्वाद दिइन् र अर्जुन श्रेष्ठले ग्रहण गरे। श्रेष्ठ एन आर एन को केन्द्रिय उपाध्यक्ष मा उम्मेदवारी दिँदैछन्। गत निर्वाचन मा बद्री केसी संग पराजित भएका थिए।अझ उनलाई चिन्न सजिलो हुने विषय हो” एसेन्ता काण्ड २०१३”| उक्त काण्डले अर्जुनलाई पूर्ण रूपमा दलालको संज्ञा दियो। उनले एन उसको चित्तबुझ्दो खण्डन गर्न सक्ने न नैतिक रूपमा माफी माग्न नै सके।मिडियाहरुले उनको हैसियत नरहने सम्म कलम द्वारा मानव तस्करी बारे विरोध गरिरहे। पछि युवराज गुरुङ र जानकी लगायतको टिमले छानबिन गरेर दोषी देखाए पनि कारबाही केही हुन सकेन। तिनै युवराज अहिले एन अार एन को कृषि विभागका छन् भने जानकी ले सचिव पद खाएर पनि अब आउने निर्वाचनमा महासचिवको लागि उम्मेदवारी दिँदै छिन्।

सीता सापकोटाले आशीर्वाद दिएकी अर्जुनले विजयी हासिल गर्छन् वा नाई त्यो चाहिँ हेर्न बाकी छ तर कस्ता व्यक्तिलाई कस्तो आशीर्वाद सार्वजनिक रुपमा दिने भन्ने सापकोटा जस्ता व्यक्तिहरुलाई हेक्का छैन। यहाँ व्यक्तिको विरोध भन्दा पनि प्रवृत्तिको विरोध गर्न खोजिएको हो। हामी कस्तो प्रवृत्तिलाई अंगलिरहेका छौं र अगाडि बढाइरहेका छौं भन्ने तीतो यथार्थ माथिका उदारहण हुन।

अब केही प्रसङ्ग बदलौं। एन आर एन बेल्जियम अहिले सहमति सहित निर्माण गरिएको छ।अर्थात् आफूखुसी विधान परिवर्तन गरेर आफ्नो मन खुसी गराइएको छ। प्रवक्ता दीपेन्द्र केसीले सचिव पद घटाएर २ बनाइएको सह कोषाध्यक्ष नरहने व्यवस्थाको सूचना निकालेका थिए तर सहमतिमा यो मिचेर आफूखुसी निर्माण गरिएको। सहमतिमा निर्माण गरिएको उम्मेद्वारहरू अर्थात् चयन गरिएका पदाधिकारी तथा सदस्यहरूले रकम दाखिला नगरेको विषयले चर्चा पाएको छ।आइसिसी सदस्य समेत उधारो मा बनाइएको समिति भित्रकै पदाधिकारी बताउँछन्।

एन आर एन बेल्जियममा अहिले सम्म १५ सय बेसी सदस्य छन्।तर आइसिसी सदस्य २ घोषणा गरिएको छ।यदि सेप्टेम्बर १५ सम्म २हजार १ सदस्य बनाउन नसके कमल पन्थी आसीसी पद खोसिनेछ। अर्को तर्फ वरिष्ठ र महिला कोटासहित ५ उपाध्यक्ष हुनुपर्नेमा बढाएर ७ पुर्याइएको छ। यो नी सिस्टम विपरीत रहेको छ। उम्मेदवारको रकम सार्वजनिक गर्दा एउटा तोकियो तर सहमति गर्दा घटाएर कम गराइयो।जुन एन अार एन को सिस्टम विपरीत देखिन्छ।

अर्को तर्फ सहमति द्वारा एन अार एन मा प्रवेश गराउन नमिल्ने व्यक्तिहरू प्रवेश गराइएको छ। आइसिसी सदस्य भयका कमल पन्थीले केही समय पनि अञ्जना नामकी एक महिलालाई स्पोन्सर गरेर बेल्जियम ल्याएको र पोर्चुगल पुर्याएको आरोप उनीमाथि छ। स्पोन्सर गरेर ल्याए पछि बेल्जियम निवासी एक नारीको परिवारमा किचलो आयको र केही समय मानसिक तनाव भोगेको ती महिला बताउँछिन्। उनका अनुसार पन्थीले स्पोन्सर नगरेको वा गर्नु भन्दा अगाडि खबर गरेको भय उनको परिवारमा यो स्थिति आइपुग्ने थियन। उता कार्यसमिति सदस्य बनेका कमल सिटौलाको पनि एन अार एन भित्र पस्न लायक ब्यक्ति भने होइनन्। पारिवारिक विषयमा उनी विवादित ब्यक्ति हुन्।जुन बेल्जियम बासी धेरैलाई अवगत नै छ।जन सम्पर्क समिति बेल्जियमले सिटौलालाई कारबाही गरिसकेको छ। तथापि राजनैतिक सिन्डिकेटको कारण दुवै अहिले एन अार एन भित्र छन्।उनीहरू जानु ठीक हो या हैन त्यो बेल्जियम स्थित नेपाली समाजले निर्णय गर्ने कुरो थियो।कस्तो निर्णय गर्यो त्यो भनिराख्नु जरुरी नी भयन ।

बेल्जियम मात्रै होइन युरोपियन देश पोर्चुगलको अवस्था पनि उस्तै छ ।पोर्चुगल ले नयाँ कार्यसमिति निर्वाचन द्वारा चयन गरेको छ।अधिकांस कांग्रेसका प्रतिनिधि रहेका छन्।तर पदाधिकारी पदमा सबै विवादित छविका देखिन्छन्।अर्थात् कुनै दलाली कुनै शोषक रूपमा पोर्चुगल समाजमा परिचित।

पोर्चुगलका नेपाली पत्रकारहरुको आधार मान्ने हो भने अहिले निर्वाचित अध्क्षय तिलक गैरे स्वच्छ छविका उम्मेदवार होइनन।उनलाई दलाली गरेको र नेपालीहरुलाई ठगेको आरोप छ। त्यस्तै गरेर महासचिव हेमराज सुवेदी विवादित पात्र हुन्।कमल केसी अध्क्षय हुँदा उनी प्रवक्ता थिए।विभिन्न काण्डमा मुछियकोले उनलाई बर्खास्त गरिएको थियो। सुवेदीले पत्रकार गणेश पाण्डे माथि आक्रमण गरेका थिए। घरमै गएर कुटपिट गर्नेहरू पदाधिकारी पदमा निर्वाचित भयको बुझिएको छ।जुन निकै घृणा लाग्ने र लज्जास्पद देखिन्छ।

युरोपमा अधिकांस देशहरू सिस्टममा चलेका छन्। सरकार सञ्चालनमा फेरबदल भएपनि त्यसले कर्मचारी तन्त्रमा कुनै असर गर्दैन। सबै कार्यहरू नियमित रूपमा संचालन हुने गरेका छन्। तर यिनै देशहरूमा रहेका एन अार एनमा बेतिथि छ।सिस्टम छैन।सिस्टम अनुसार चल्ने कुरा त धेरै परको भयको छ। विधि विधान मा चल्ने ठेगान छैन। एन आर एन भित्र कस्ता ब्यक्ति राख्ने त्यसको कुनै लेखा जोखा नै छैन।जसले गर्दा एन अार एन युरोपका अधिकांस समितिहरू सिस्टम विहिन छन्। सुधारको लागि कहिले लाग्ने ??

प्रतिक्रिया दिनुहोस