• एउटै दृष्टि, भिन्न कोण
  • Search

पेशालाई कमाउ ध’न्दा बनाएको छ, त्यो समाजमा टि’क्ला भन्ने कल्पना नगरे हुन्छ !

२०७६ भाद्र १५ गते आइतवार

वरिष्ठ पत्रकार खेम भण्डारी पछिल्लो चरणमा चर्चाका पात्र बनेका छन् । हुन पत्रकार भण्डारीलाई सुदूरपश्चिमले निडर पत्रकारका रुपमा समेत चिन्ने गरेको छ । उनले गर्ने पत्रकारिता कमै पत्रकारहरु मात्रै गरेको समेत बेलाबेलामा चर्चा हुन्छ ।

उनले लेखेका प्राय समाचार बिबादित बन्ने गरेका छन् । उनी समाचार मात्रै होइन, सामाजिक सञ्जालमा टिका–टिप्पनी गरेकै कारण आलोचित र गालीको बर्षा ब्यहोर्ने पत्रकार समेत हुन । उनै पत्रकार भण्डारीले सामाजिक सञ्जालमा, कार्यक्रम प्रस्तोता रवि लामिछानेलाई ईकिंत अर्को टिप्पनी गरेका छन् ।

यस्तो व्यक्ति धेरै दिन यो समाजमा टिक्ला भन्ने कल्पना पनि नगरे हुन्छ ।

# जसको निजी चरित्र ध्वस्त छ, जसले नेपाली समाजको आदर्श संस्था ‘परिवार’लाई नै मान्दैन, बिवाह संस्कृतिको धज्जी उाएको छ ।
# जसले पेशालाई कमाउ धन्दा बनाएको छ, जो पत्रकारितालाई कलंकित बनाएर राजनीतको सपना देख्छ ।
# जसलाई आफ्ना सन्तान कति छन् र कहाँ छन् भन्ने हेक्का नै छैन ।
# जसले राज्य नै मान्दैन, राज्यभन्दा ठूलो हुँ भन्ठान्छ ।
# जसले निर्मलाका हत्यारासँग साँठगाँठ गरेको छ, जसले लाजै पचाएर पक्षपोषण गर्छ ।
# जसलाई सरकारवादी फौजदारी मुद्दामा खुला जेलमा हालिएको छ ।
# जसका समर्थकको क्षमता MC तहको गाली गर्नुभन्दा धेरै छैन, जो तथ्य र तर्कले होइन अभद्र गालीगलौचले संसार जित्न सकिन्छ भन्ने ठान्छन् ।

प्रतिक्रिया दिनुहोस