• एउटै दृष्टि, भिन्न कोण
  • Search

वी.पी.को बाटो र जागरण अभियान !

२०७६ भाद्र २४ गते मङ्गलवार
  • प्रेमराज पाण्डेय

बहुआयामिक व्यक्तित्व, बैचारिक दृष्टिकोषका धनी वी.पी. कोइरालाको सम्झनाले मात्रैपनि, हामीलाई मार्ग निर्देशन गरिरहेको आभास हुन्छ । पछिल्लो राजनीतिक अनिश्चितता तथा अन्यौलको वातावरणमा राष्ट्रियता, प्रजातन्त्र, बहुदलीय संबैधानिक लोकतन्त्रवादी, सवेदनशील राजनीतिज्ञ, सामाजिक कार्यक्रर्ता, धार्मिक व्यक्तित्व, चेतनशील विद्धत्ववर्ग जननायक वी.पी. कोइरालाका हरेक दृष्टिकोणले अभावको महसुस गर्न थालेका छन । भारतको अंगे्रज हटाउ आन्दोलनबाट राजनीतिमा होमिएका वी.पी. कोइरालाले नेपालमा राणा शासन विस्थापित गरि प्रजातन्त्रको बहालीका लागी देशबाहिर र देशभित्रबाट नेतृत्वदायी भुमिका खेलेको कुरा सबैमा स्मरण नै छ । भारतीय स्वतन्त्रता आन्दोलन र बग्लादेशको मुक्ति आन्दोलनमा समेत सक्रिय रुपमा भाग लिएकै कारण दक्षिण एसियाली राजनीतिक इतिहासमा यस भेगका जनताले वी.पी. कोइरालालाई सदास्मरण गरिरहेका छन ।

महात्मा गान्धी, राम मनोहर लोहिया र जय प्रकाश नारायण जस्ता भारतीय नेताहरुको समिप्यमा रहेर वी.पी. कोइरालाले आफ्नो राजनीतिक यात्रालाई फराकिलो रुपमा अघि बढाउनु भएको थियो । नेपालको सन्दर्भमा बीसौं शताब्दीकै चारित्रिक नैतिकता भएका शालिन नेतृत्व तथा मार्ग निर्देशन गर्न सक्ने व्यक्तित्वका रुपमा बिश्वले समेत वी.पी. कोइरालालाई नै सम्झीएको छ । वी.पी. कोइरालाले लोकतान्त्रिक बिधिबाट व्यवस्थित रुपमा समाजवाद स्थापनका लागि वैचारिक, आर्थिक, दार्शनिक र साहित्यक क्षेत्रको नेतृत्व गर्नुभएको थियो । साम्यवादमा लोकतन्त्र थपिदिए समाजवाद हुन्छ, भनेर समानतालाई लोकतन्त्रले मात्र ग्यारेन्टी गर्न सक्छ भन्ने जनतालाई बुझाउन उहाँको अथक प्रयास रह्यो । विकास र समानताको आवश्यक छ र यसो भएन भने समानता गरीबीको वितरण जस्तो मात्र हुन पुग्छ भन्नेमा उहाँ अत्यन्त प्रष्ट हुनु हुन्थ्यो । महान जनताका नेता कोइरालाले राजनीतिज्ञले आँखा र कान खुल्ला राख्नुपर्छ भनेर राजनीतिलाई धर्म र संस्कार होइन, वैज्ञानिक रुपले हेर्नुहुन्थ्यो । राजनीतिमा जनउपयोगी र जनहितकारी विचारलाई स्वाभाविक रुपमा स्वीकार गर्न, यस्तो अवस्थाका लागी आफु तयार रहनु नै लोकतान्त्रिक समाजवादको लक्ष्य हो भन्ने महामानवको मुलमन्त्र हो ।

राष्ट्रियता बचाउने र सबल गर्न राजनीतिक सम्बन्धमा वी.पी. भन्नु हुन्छ जब म नेपालको कल्पना गर्दछु, त्यस बेला तिनै गरीब दाजुभाई दिदीबहिनीको तस्विर मेरो अगाडी आउँदछ मैला लुगा लगाएका, खान नपाएका र रोगी अनुहारको तस्विर, अनि मलाई लाग्दछ यी रोगी, खान नपाएको अनुहार पो त हाम्रो देश हो . त्यसो हुनाले त्यही खान नपाएको पेटमा अन्न जाओस्, हाँस्न नपाएको ओठमा हाँसो जाओस्, केटाकेटीले पढ्न पाउन, रोगीलाई औषधी मुलोको व्यवस्था होस् भनि हामी राजनीतिमा लागेका हौं । महामानवको यो भनाई राष्ट्रियताको लागी महत्वपुर्ण खुराक हो । विदेशी सहयताको प्रयोग आफ्नो सिप र दक्षता बढाउनमा प्रयोग हुनुपर्दछ । त्यसो नगरी विदेशीसँग निर्भर रहनको लागी घाँतक हुन जान्छ । मनोविज्ञानका सुक्ष्म अध्येता वी.पी.ले ठुलो होइन असल बन्न प्रेरित गर्नुहुन्थ्यो । ठुला मानिस थरी थरीका हुन्छन असल मानिस भने एकथरी मात्रका हुन्छन । ठुलो हुन पट्टी नलाग्नु, असल हुन पट्टी लाग्नु । वी.पी. नेपाली समाजमा असल व्यक्तिका रुपमा रहनुभयो र अरुलाई पनि असल हुन प्रेरित गरिरहनुभयो । वी.पी. कोइरालालाई चिन्नु पर्दा एक क्रान्तिकारी योद्धा, नेपाली साहित्यिक आकाशका ताराको रुपमा जान्न उहाँको आत्मवृतान्त, जेल जर्नेल, उपन्यासहरु तीन घुम्ती, सुम्निमा, नरेन्द्र दाई, हिटलर र यहुदी, बाबु आमा र छोरा कथाहरुमा दोशी चश्मा, श्वेत भैरवी पढन पर्ने कृतिहरुमा हुन ।

बीसौं शताब्दीका एउटा राजनीतिक चिन्तक आज हामी माझ हुनुहुन्न तर उहाँका तेजस्वी विचारहरु हामी सँग इतिहासमा छन र स्मृतिका पानामा छन । राष्ट्रियताको सम्बन्धमा पनि उहाँको दृष्टि प्रष्ट थियो वी.पी. भारत र चीनसँगको सम्बन्ध असल मित्रको र असंलग्नतामा आधारित हुनुपर्दछ र राष्ट्रियतालाई सस्तो राजनीतिक विषय बनाउनु हुदैन भन्नेमा सजग हुनुहुथ्यो । कोठा भित्र र बाहिर विदेश नीतिका सम्बन्धमा सबै दलका नेताहरुले एउटै भाषा बोलेर एउटै अडान नराखेसम्म विदेशीको चलखेल र हेपाहा प्र्रवृतिमा कुनैपनि कमी आउने छैन यस्तै प्र्रवृतिले नेपालको स्वाभिमान र आत्मसम्मान माथी सबैभन्दा बढी ठेस पु¥याएको छ । विदेश नीतिलाई राष्ट्रिय स्वार्थसंग जोडेर हेर्नसक्नु पर्दछ र त्यसैको आधारमा कोसंगको कस्तो सम्बन्धले नेपाल र नेपालीको हित गर्छ भन्ने विषयलाई लिएर अगाडी राखेर निर्णय गरिएमा मात्र नेपालको हित कल्याण र विकास सम्भव छ । तर आजको नेपाली नेतृत्व किसिमको छैन र त्यो क्षमता, हिम्मत र साहस भएको नेता वर्तमान नेपाली नेतृत्वमा पाइएको छैन । वी.पी.को राष्ट्रवादको चुरो समाजवाद र मानवताको जगमा अडिएको पाईन्छ ।राष्ट्रिय संकटका घडीमा राष्ट्रिय अस्तित्वलाई जोगाउदै राष्ट्र पुननिर्माण कार्यमा सबै नेपालीले बितेका अप्र्रिय विवाद, अनुभव र मत भिन्नतालाई बिर्सेर एकताको सुत्रमा बाँधिनु पर्दछ । राष्ट्र रहेन भने हामी रहन्नौ भन्ने भावनाले प्रेरित हाम्रो कार्यक्रम हुनुपर्दछ भन्ने महामानवको भनाईले पनि राष्ट्रियताको मर्मलाई प्रस्ट पार्दछ ।

भावनात्मक सÔमता र दूरदर्शिताको परिचय दिदै बिपीले आफ्नो पहिलो औपचारिक भाÈणमा भन्नु भएको थियो– जनताको राज्य स्थापित गर्न जनताकै सहायता चाहिन्छ । कुनै वर्ग वा सम्प्रदायस“ग हाम्रो शत्रुता कदापि छैन । नेपालमा बस्ने वा नेपालीसित कुनै प्रकारका सम्बन्ध हुने सबै व्यक्ति हाम्रा दाजुभाइ हुन् । सम्पूर्ण देशको लक्ष्य र विकास नै हाम्रो अभीष्ट लक्ष्य हो । सम्पूर्ण राष्ट्रको उन्नती र अभ्युदयमा नै हामी प्रयत्नशील बनेका छौ“ । वी.पी.को नजरमा राष्ट्र निर्माणमा प्रजातन्त्रको भूमिका निर्विकल्प र सधै“ सर्वोपरी थियो । यस कुरालाई प्रकाश पार्दै बिपीले भन्नु नै भएको छ – प्रजातन्त्रबिना देश रहँदैन । प्रजातन्त्र नभइकन वर्तमान युगमा राष्ट्रियता सम्भव छैन । विकास पनि सम्भव छैन । जस्तै– राष्ट्रियता र प्रजातन्त्र अन्योन्याश्रित छ उस्तै राष्ट्रियता, आर्थिक विकास र प्रजातन्त्र तिनै एउटा अर्कोमा आश्रित छन् । राष्ट्रियता जनताको सामूहिक मनोभावनालाई लÔित गर्ने शब्द हो । सामूहिक रूपबाट समयमा आइपर्ने व्यापक समस्याहरूको समाधानमा लाग्नुपर्दा सहज किसिमले उत्पन्न हुने जनभावना नै राष्ट्रियता हो । वी.पी.का यस्ता महान् विचार र भावनालाई केन्द्रविन्दु बनाएर भावनात्मक बुद्धिमत्ताको बाटोमा अगाडि बढ्ने हो भने जस्तोसुकै समस्याको पनि समाधान निस्कन्छ, निश्चितरूपमा स्थायी समाधान निस्कन्छ । तँछाडमछाड गर्दै विदेशीहरुस“ग हारगुहार गर्नुपर्ने कुनै आवश्यकता छैन । तर यसका लागि विषम परिस्थितिस“ग जुध्न सक्ने र राष्ट्रलाई भावनात्मकरूपमा एक ढिक्का बनाइ समस्याको समाधान गर्न सक्ने समर्थवान राजनीतिक नेतृत्व आवश्यक पर्छ । यस कुराप्रति नेपाली राजनीतिले दूरदृष्टि राख्नु आजको आवश्यकता हो ।

जीवनको अन्तिम घडीमा वी.पी. कोइरालाले यसो भन्नुभएको थियो– जुन दिन नेपाली कांग्रेसले राष्ट्रियताको आफ्नो अडान छोडने छ यो निरर्थक भएर जाने छ र जुन दिन यसले प्रजातन्त्रको आर्दशहरु छाडेर केवल सत्ताको राजनीति गर्न छ यो निरर्थक भएर जाने छ, र वर्तमान मा यो कुरा बिगत का क्रिर्याकलापले केहि प्रमाणित गरी सक्यो । सामान्यतया कांग्रेसमा २०४८ सालदेखि सतहमा देखिएको अन्तर्घातको आत्मघाती खेल आज पनि निरन्तर छ । प्रत्यक्ष देखिएर विपक्षमा उभिने भन्दा पार्टी संगठनमा नै रहेर प्रत्यक्षरअप्रत्यक्ष धुलो पार्नेहरू बढी खतरानाक हुन्छन् । यसरी पार्टीमा नै रहेर पार्टीलाई नै धुलो पार्ने चरित्र नेपाली कांग्रेसमा स्थायी हुनपुगेको छ । वास्तवमा केन्द्र, जिल्ला, क्षेत्र हुँदै पालिकाहरूसम्म फैलिएको गुटवादले अन्तर्घातको आत्मघाती खेललाई सहयोग, समर्थन र उपयोग गरिरहेको स्पष्ट छ । दुर्भाग्य त के छ भने एकाठाउँमा अन्तर्घात गर्नेलाई एउटा नेता र अर्का ठाउँमा अन्तर्घात गर्नेलाई अर्को नेताले च्यापेर बसिरहेको अवस्था छ ।

कांग्रेसमा यतिखेर कुनै सैद्धान्तिक भन्दा पनि केही कार्यक्रमका आधारमा र बढीभन्दा बढी व्यक्तित्वबीचको विरोधाभाषका कारण गुटहरूको सिर्जना र विकास भइरहेको छ । नेपालको संविधानमा पारित भएका केही मुद्दामा समेत देखिएका असहमति कांग्रेसभित्र गुटका कारक बनेको देखिन्छ । तर ती कारण त्यति संगठित छैनन् । पालिका र वडा तहमा बस्ने साधारण सदस्य र समर्थकहरूको चिन्ता भनेको कांग्रेसमा विकसित गुट नै हो । आश्चर्य त के छ भने भविष्यमा कुनै पद वा नियुक्ति नखोज्नेहरू अथवा नेतृत्वमा जाने सपना नभएकाहरूमा गुटवादको अन्त्य होस् भन्ने चिन्ता छ । तर जसले भविष्यमा देशको नेतृत्वको सपना देखेकाछन् र पार्टी नेतृत्वको सम्भावना बोकेका छन् तिनीहरू नै पार्टीमा विभाजित तर्कहरू, असन्तुष्टिहरू, असहमतिहरू र गुटवादको पक्षपोषण गर्दै अभियानमा जुटेका छन् । जागरण अभियानको दोस्रो चरण आगामी भदौ २४ बाट एक महिनासम्म निध्रारित छ । पार्टीमा नवीन ढंगको एकता, समन्वय, हार्दिकता बढोत्तरी गर्ने, पार्टी सुदृढीकरणका विविध गतिविधि अघि बढाउँदै देशव्यापी रूपमा जागरण अभिवृद्धि गर्ने कार्यमा पार्टीले आफ्नो ऊर्जा खर्चिनु जरुरी छ । कांग्रेसको नेतृत्वमा मुलुकले विगतमा हासिल गरेका राजनीतिक उपलब्धि एवं समृद्धिको दिशामा गरिएका काम नागरिक तहमा सम्प्रेषण गर्न र वर्तमान सरकारका भ्रष्टाचार लगायत विसंगतिपूर्ण अनेकौँ जनविरोधी क्रियाकलापबारे आमनागरिकमा प्रस्ट्याउन पनि कांग्रेस तल्लो तहसम्म नपुगी नहुने अवस्था छ । नेपाली समाजमा रहेका अनेक फरक मत, संविधान वा राज्यप्रणालीबारेकै विमतिसमेतलाई राष्ट्रिय एकताको सूत्रमा गाँस्न आवश्यक छलफल र बहस अघि बढाउन पनि कांग्रेसले पहल गर्नैपर्ने छ ।

अन्त्यमा वी.पी.को आदर्श र सिद्धान्त, स्पष्ट लक्ष्य र प्रशस्त युवा वर्गको सहभागिताबिना ओसिएको ब्याट्री जस्तो नेपाली कांग्रेसलाई रिचार्ज गर्न खोज्नु दिवासपना हो । तर लोकतन्त्रको दुर्भाग्य नेपाली कांग्रेस यही बाटो हिडिरहेको छ । त्यसैले नेपाली कांग्रेसको दोस्रो पुस्ताले बिपीको आदर्शलाई मागिखाने भा“डो बनाइरहेको वर्तमान अवस्थामा नेपाली कांग्रेसका नाति पुस्ता अगाडि सरेर बिपीको सिद्धान्तलाई आत्मसात् गरी उनले देखाएको बाटोमा मजबुत संगठनका साथ अघि बढ्नु नै आजको आवश्यकता हो ।

प्रतिक्रिया दिनुहोस