• एउटै दृष्टि, भिन्न कोण
  • Search

अष्ट्रेलियामा किन चुलिँदैछ ट्वाइलेट पेपरको अभाव

२०७६ फाल्गुन २५ गते आइतवार

काठमाडौं । चीनबाट फैलिएको कोरोना भाइरस कोभिड–१९ को प्रकोप अहिले विश्वभर फैलिएको छ । यो भाइरस १०० भन्दाबढी मुलुकमा फैलिएको छ भने ३६०० बढीको ज्यान गएको छ ।
भाइरसबाट प्रभावित बनेको एक मुलुक अष्ट्रेलिया पनि हो ।
अष्ट्रेलियामा संक्रमितको संख्या ७७ पुगेको छ भने तीन जनाको मत्यु भएको छ । भाइरसको त्राससँगै बजारमा हुनसक्ने अभावलाई ध्यानमा राख्दै मानिसहरुले उपभोग्य सामग्रीको जोहो गर्न थालेका छन् । विशेषगरी ट्वाइलेट पेपरको जोहो गर्न थालेका हुन् ।

यही कारण बजारमा ट्वाइलेट पेपरको अभाव चुलिएको छ । ट्वाइलेट पेपर किन्न मानिसहरु लामो लाइनमा बस्न थालेका छन् । त्यतिमात्र होइन, ट्वाइलेट पेपर खरिद गर्न नपाएको झोंकमा विवाद तथा झगडा भएको पाइएको छ ।

प्रतिक्रिया दिनुहोस