• एउटै दृष्टि, भिन्न कोण
  • Search

भारतीय सीमा रक्षासँग सम्बन्धित सूचना चिनियाँ सरकारलाई दिएकाे आराेपमा एक नेपालीसहित ३ जना पक्राउ

काठमाडौ २०७७ असोज ३ गते शनिवार

दिल्ली प्रहरीले भारतीय सीमा रणनीति र रक्षासँग सम्बन्धित सूचना चिनियाँ सरकारलाई दिएकाे आराेपमा तीन जनालाई पक्राउ गरेकाे छ।

शनिबार एक स्वतन्त्र पत्रकार राजीव शर्मा, एक चिनियाँ महिला र एक नेपाली नागरिकलाई पक्राउ गरेको हाे। उनीहरु चीन सरकारले भारतमा खटाएकाे इन्टेलिजेन्ट रहेकाे दावी गरिएकाे छ। 

दिल्ली प्रहरीका अनुसार राजीवलाई आधिकारिक गोप्य ऐन अन्तर्गत पक्राउ गरिएकाे हाे।

उनीबाट रक्षासँग सम्बन्धित केही अति गोप्य कागजातहरू समेत बरामद गरिएको प्हरीले जनाएकाे छ। राजीवलाई सट्टा कम्पनीहरूमार्फत पैसा दिइने गरेकाे प्रहरीकाे आराेप छ।

प्रतिक्रिया दिनुहोस