• एउटै दृष्टि, भिन्न कोण
  • Search

पहिलो बैठकमै सचिवहरूको सेटीङ, को कहाँ पुगे?

काठमाडौ २०७७ असोज २९ गते बिहिवार

मन्त्रिपरिषद् पुनर्गठन भएपछि पहिलो पटक बसेको मन्त्रिपरिषद् बैठकले सरकारका केही सचिवको सरुवा गरेको छ। प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले केही सचिवहरूको सरुवा गरेको हो। 

मन्त्रिपरिषद् बैठकले भौतिक पूर्वाधार मन्त्रालयका सचिव देवेन्द्र कार्कीलाई जल तथा ऊर्जा आयोगमा सरुवा गर्ने निर्णय गरेको छ। आयोगमा कार्यरत सचिव रमेशप्रसाद सिंहलाई भने सहरी विकास मन्त्रालयमा सरुवा गरिएको छ। सहरी विकास मन्त्रालयका मन्त्रीले पनि बिहीबारै कार्यभार सम्हालेका थिए।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको सचिवमा भने काठमाडौँ महानगरपालिकामा कार्यरत एकनारायण अर्याललाई ल्याइएको छ। सचिव रवीन्द्रमान श्रेष्ठलाई भौतिक पूर्वाधार मन्त्रालयमा लगिएको छ। उनी यसअघि ऊर्जा मन्त्रालयमा थिए। 

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सूर्यप्रसाद गौतमलाई युवा तथा खेलकुद मन्त्रालय लगिएको छ। सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा सचिवको जिम्मेवारी यादव कोइरालालाई दिइएको छ। उनी यसअघि प्रधानमन्त्री कार्यालयमा थिए। 

सचिव रामप्रसाद थपलियाको सार्वजनिक खरिद अनुगमन कार्यालयमा सरुवा भएको छ। उनी यसअघि खेलकुद मन्त्रालयमा थिए। प्रधानमन्त्री कार्यालयमा कार्यरत सचिव केदार न्यौपाने र उपराष्ट्रपतिको कार्यालयका खगराज बरालको जिम्मेवारी साटफेर गरिएको छ। 

प्रतिक्रिया दिनुहोस