साझा पार्टीले संगठन बिस्तार अभियान थालेको छ । शहरमा मात्र केन्दित भएर राजनैतिक सांगठनिक गतिविधि गरिरहेको साझा पार्टीले गाँउ गाँउमा संगठन अभियानलाइ तिव्रता दिएको हो ।
बिभिन्न जिल्लामा जिल्ला कमिटीलाइ सक्रिय बनाउदै स्थानिय तहमा संगठन विस्तार अभियान गतिविधि संचालनमा ल्याउने साझा पार्टीले जनाएको छ ।
साझा पार्टीका अनुसार राजनैतिक पार्टीलाइ सधै फोहोरी खेल सम्झनेहरुले राजनितिमा राम्रा मान्छेहरु पनि आउछन भन्ने कुरा सावित गर्ने बताउदै आएको छ । साझा पार्टीलाइ फरक धार सहितको संभावना बोकेको पार्टीको रुपमा लिने गरिन्छ ।
गाउँ गाउँबाट जनताहरु वैकल्पिक राजनीतिक पार्टीमा एकताबद्द भइ देश निर्माण अभियानमा सरिक हुन थालेकोमा देशले खोजेको सकारात्मक परिवर्तनलाई मूर्तरुप दिनबाट कसैले रोक्न नसक्ने नागरिक अगुवा र सामाजिक अभियान्ताहरु बताउँछन् ।
गाँउ गाँउमा संगठन विस्तार अभियान संचालन गरे पश्चात साझा पार्टी शहरमा केन्द्रित राजनीतिक पार्टी हो भन्नेहरुलाई गतिलो जवाफ मिलेको छ ।