• एउटै दृष्टि, भिन्न कोण
  • Search

विवाद हुने बित्तिकै नेकपा फुट्दैन : प्रधानमन्त्री ओली

काठमाडौ २०७७ कार्तिक २६ गते बुधवार

नेकपा अध्यक्ष एवम् प्रधानमन्त्री केपी ओलीले पार्टीमा विवाद हुँने बित्तिकै पार्टी नफुट्ने बताएका छन्। संखुवासभाको किमाथान्का नाकालगायत अरुण तेस्रोको बाँध अवलोकनपछि आयोजित कार्यक्रममा प्रधानमन्त्री ओलीले कसैले चाँहदैमा पार्टी विभाजन नहुने दाबी गरेका हुन्।

पूर्वी क्षेत्रको अवलोकनमा निस्किएका ओलीले आफ्नो नेतृत्वको सरकार गठन भएपछि विकास निर्माणले गति लिएको बताएका छन्।

‘मेरो राजीनामा विषयमा निक्कै चर्चा भईरहेको छ। मैले राजीनामा दिन मिल्दैन,’ ओलीले जोड दिँदै भने, ‘अपार जनताको समर्थनमा प्रधानमन्त्री भएको हुँ। अहिले नै राजीनामा दिए जनताको अपमान हुन्छ।’

बुधबार बिहान संखुवासभामा विकास निर्माण अवलोकन गर्न गएका ओली बेलुका मात्रै काठमाडौँ फर्किने कार्यक्रम छ।

प्रतिक्रिया दिनुहोस