• एउटै दृष्टि, भिन्न कोण
  • Search

“प्रचण्डलाई एकल अध्यक्ष बनाउने दिवा सपना देखेर मुख नमिठ्याएकै बेस्”

काठमाडौ २०७७ मङ्सिर १६ गते मङ्गलवार

नेपाल कम्युनिस्ट पार्टी(नेकपा) जिल्ला कमिटी राेल्पाकी सदस्य इश्वरी जिएमले नेकपाकाे महाधिवेशन अघि एकल अध्यक्ष बन्ने सपना नदेख्न प्रचण्डलाई चेतावनी दिएकी छन्। अध्यक्ष बन्नलाई पार्टीमा विधि र प्रकृया भएको बताउँदै, उनले बेला न कुबेला मागिएकाे राजिनामा प्रधानमन्त्री तथा पहिलो अध्यक्ष केपि शर्मा अाेलीले कुनै हालतमा नदिने बताएकी हुन्।

सामाजिक सञ्जाल फेसबुकमार्फत युवा नेतृ जिएमले प्रधानमन्त्री अाेलाई राजिनामा गराएर प्रचण्डलाई एकल अध्यक्ष बनाउने दिवा सपना देखेर मुख नमिठ्याएकै बेस् हुने टिप्पणी गरेकी छन्।

नेतृ जिएम् लेख्छिन्- “कमरेड जनार्दन शर्मा भन्नुहन्छ “केपि अाेलिले भाेलिकाे बैठकबाट राजिनामा गर्नुपर्छ त्यसलाई प्रचण्डले समर्थन गर्नुहुन्छ।” प्रचण्डले समर्थन गर्नुहुन्छ भनेकाे चाहिँ के नि जनार्दन कमरेड ?? अाेलिसँगै प्रचण्डले पनि राजिनामा गरेर अब यी दुई बाहेक अरुमा नेतृत्व हस्तान्तरण हुनुपर्छ भन्न खाेज्नुभएकाे हाेकि, केपिलाई राजिनामा गराएर प्रचण्डलाई एकल अध्यक्ष छाेड्नुपर्छ भन्ने माग हाे? अलि बुझिएन। महाधिवेशन अघि एकल अध्यक्ष बन्ने सपना त जाे काेहिले नदेखे हुन्छ । अध्यक्ष बन्नलाई विधि छ, प्रकृया छ। र याे पनि निश्चित छ बेला न कुबेला मागिएकाे राजिनामा केपि अाेलिले कुनै हालतमा दिने कुरा हुदैन। दिवा सपना देखेर मुख नमिठ्याएकै बेस्। बरु देशलाई समृद्धितर्फ लैजाने एजेन्डा खाेज्नुस्।”

प्रतिक्रिया दिनुहोस