प्रतिनिधिसभा विघटनविरुद्ध अहिंसात्मक नागरिक आन्दोलित भएका छन् ।
प्रतिनिधिसभा विघटनको विरोधमा बृहत् नागरिक आन्दोलन समूह तथा चिकित्सा शिक्षा सुधार अभियन्ता गोविन्द केसीसहितको समूहले शनिबार काठमाडाैंको माइतीघरमा अहिंसात्मक नागरिक आन्दोलित भएका हुन् ।
प्रदर्शनमा सहभागीहरुले ‘संवैधानिक सर्वोच्चता कायम गर, संवैधानिक निकायको कब्जा बन्द गर, असंवैधानिक नियुक्ति खारेज गर, नागरिक अघि बढ्दैछ, सर्वसत्तावाद ढल्दैछ, ओली सरकारको स्वेच्छाचारी कदमको अवज्ञा गरौं’ लेखिएको प्लेकार्ड देखाइएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधिसभा भंग गरेपछि सडकमा प्रदर्शन भइरहेका छन् । हरेक शनिबार नागरिक अगुवाहरू माइतीघर मण्डलामा भेला भएर विरोध गर्दै आइरहेका छन् ।