• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनी प्रदेशको मन्त्रिमण्डल बिस्तारमा सहभागी मन्त्रिलाई जसपाले फिर्ता बोलायो

बुटवल २०७८ बैशाख ६ गते सोमवार

लुम्बिनी प्रदेश सरकारका मुख्य मन्त्री शंकर पोखरेललाई साथ दिंदै मन्त्रीमण्डल विस्तारमा सहभागी जनता समाजवादी पार्टीका चारै जनालाई स्पष्टिकरण सोध्दै फिर्ता आउन जसपाले निर्देशन दिएको छ ।
प्रदेश पार्टी अध्यक्ष अशोक कुमार यादवले प्रेस विज्ञप्ति मार्फत चारै जनालाई सरकारबाट फर्किन निर्देशन दिइएको हो ।

जनता समाजबादी पार्टी नेपालका लुम्बिनि प्रदेश समिति अध्यक्ष अशोक कुमार यादवले २४ घण्टे स्पस्टिकरण सोध्दै पार्टीमा चित्तबुझ्दो स्पस्टिकरण नआउदा सम्मकोलागि सम्पूर्ण जिम्मेवारीबाट निलम्बन गरिएको र यथासिघ्र सरकार बाट राजिनामा दिई चित्तबुझ्दो जवाफ नआएमा संसदबाट पनि निलम्बन गर्ने जनाएको छ ।

सोमबार प्रदेश प्रमुख धर्मनाथ यादवले नयाँ थपिएका ४ जना मन्त्रीहरुलाई सपथ ग्रहरण गराइसकेका छन् ।
जसपाबाट लुम्बिनी प्रदेशको भुमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा विजय बहादुर यादव, सन्तोष पाण्डेलाई भौतिक पुर्वाधार विकास मन्त्रालय र कल्पना पाण्डेलाई शिक्षा तथा सामाजिक विकास मन्त्रालयको जिम्मेबारी प्रदान गरिएको छ । राज्यमन्त्री सुमन शर्मा रायमाझीलाई भौतिक पुर्वाधार विकास मन्त्रालयको राज्यमन्त्रीको जिम्मेबारी प्रदान गरिएको छ ।

प्रतिक्रिया दिनुहोस