मदन भण्डारी राष्ट्रिय राजमार्गको मध्यभागको रेखांकन दुइ ठाउँबाट गरेर टुंग्याइएकाे छ । एउटा रुट प्यूठानबाट राेल्पा-सल्यान हुँदै सुर्खेत र अर्काे रुट प्युठानबाट दाङ हुँदै सुर्खेत कायम गरिएकाे छ ।
परराष्ट्रमन्त्री प्रदिप ज्ञवालीका अनुसार पहिलाे रुट प्यूठानकाे बिजुवार-चकचके-खुङग्री- राेल्पाकाे लिवाङ्ग-घर्तिगाउँ-सुखाओडार हुँदै सल्यानकाे पातिहाल्न-थारमारे -सितलपाटी- खलंगा-कुपिण्डे दह-बालुवा संग्रहीबाट सुर्खेत कायम हुनेभएकाे छ ।
यसअघि सल्यानकाे दमाचाैर हुने कि थारमारे हुने भन्नेमा दाेधार थियाे । अब भने पातिहाल्न-काेटमाैला-बागचाैर-थारमारे कायम हुने भएकाे छ ।
त्यस्तै दाेस्राे रुट रिडी-बलकोट-सन्धिखर्क-गच्छागैरा-रतनमारे-गोखुंगा-बागदुला-देवीस्थान-लोहारपानी-घोराही-तुलसीपुर-पुरन्धारा-सल्यानकाे कालिमाटी- बोटेचौर हुँदै सुर्खेत कायम हुने भएकाे छ ।