• एउटै दृष्टि, भिन्न कोण
  • Search

लुम्बिनी प्रदेशको विशेष अधिबेशन सुरु नहुदै अन्त्य गर्न सिफारिस

बुटवल २०७८ बैशाख १९ गते आइतवार

लुम्बिनी प्रदेश सरकारका कामचलाउ मुख्यमन्त्री शंकर पोखरेलले प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस पत्र पठाएका छन् । मन्त्रिपरिषदको बैठक बसेर प्रदेशसभा अधिवेशन अन्त्य गर्न सिफारिस गरेको हो ।

‘प्रदेश प्रमुखको कार्यालयमा संसद् अन्त्य गर्न पत्र पठाइसकिएको छ’, एक मन्त्रीले भने । मुख्यमन्त्रीले राजीनामा दिएपछि विशेष अधिवेशनको प्रयोजन पनि सकिएकाले अधिवेशन अन्त्य गर्न सिफारिस गरिएको उनले बताए ।

अविश्वासको प्रस्ताव माथि छलफल गर्न दिउँसो एक बजे बैठक बोलाइएको थियो ।

प्रतिक्रिया दिनुहोस