• एउटै दृष्टि, भिन्न कोण
  • Search

अनलाइन टिभि पत्रकार संघ दाङको अध्यक्षमा खत्री चयन

दाङ २०७८ असार २६ गते शनिवार

अनलाइन टिभि पत्रकार संघ दाङको अध्यक्षमा राजेश खत्री सर्वसम्मत रुपमा चयन हुनुभएको छ ।

दाङ घोराहीमा आयोजित अनलाइन पत्रकारहरुको भेलाले खत्रीको अध्यक्षतामा १३ सदस्यीय नयाँ तदर्थ कार्य समिति चयन गरेको हो । जसको उपाध्यक्षमा प्रदीप भण्डारी, सचिवमा एच.आर मगर,सह-सचिवमा मेघमान बुढा, कोषाध्यक्षमा जय प्रकाश पौडेल रहेका छन भने सदस्यहरुमा सुरेश पंथी,अंकित खनाल, डमरु प्रसाद निरौला, घन्श्याम घिमिरे,मदन मुस्कान वि.क,श्री नारायन चौधरी,भिम वहादुर वली र वशन्त राना चयन भएका हुन ।

त्यस्तै सल्लाहाकार समितिमा मानव अधिकार तथा शान्ती समाजका केन्द्रीय बरीष्ठ उपसभापति तथा पत्रकार शुसिल वस्नेत,नेपाल पत्रकार महासंघ दाङका निवर्तमान अध्यक्ष सविन प्रियासन र नेपाल पत्रकार महासंघ दाङ्गका पुर्व उपाध्यक्ष नरेन्द्र केसीलाई चयन गरीएको छ ।

गत असार २२ गतेको भेलालाई नेपाल पत्रकार महासंघका केन्द्रीय उपाध्यक्ष उदय जि.एमले उदघाटन गर्नुभएको थियो । उक्त दिन अध्यक्षका दुइ आकांक्षीहरु विच सहमति नजुट्दा केन्द्रीय प्रतिनिधी अमृतमान वलीलाई सहमतिका लागी समय दिदै भेला स्थगित भएको थियो ।

??

आजको भेलामा दाङको पस्चिम हापुरे देखी पुर्व देउखुरी सम्मका ५० वढी पत्रकारहरुको उल्लेखनीय सहभागीतावाट सर्वसम्मत रुपमा नयाँ तदर्थ समिती चयन गरीएको केन्द्रीय प्रतिनिधी वलीले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस