पूर्व सभामुख तथा दाङ क्षेत्र नम्बर २ का प्रतिनिधिसभा सदस्य कृष्णबहादुर महराकी पत्नी सीता महराको सम्झनामा रोल्पामा स्मृति पार्क निर्माण गरिएको छ । दिवंगत सीता महराको नाममा स्थापना गरिएको सीता महरा मेमोरियल फाउन्डेसनले महराको गृहनगर रोल्पा नगरपालिका १ मेबाङमा आकर्षक स्मृति पार्क निर्माण गरिएको हो ।
दिवंगत सिता महराले रोपेर हुर्काएका आकर्षक फूल लालीगुराँस, चाइनिज टिमुर लगायतका बोटबिरुवाहरूलाई संरक्षण गरेर स्मृति पार्कलाई आकर्षक र मनोरम बनाइएको छ । संघीय सरकारको ३० लाख र बाँकी जन श्रमदानबाट पार्क निर्माण गरिएको हो ।
साथै पार्कमा आकर्षक कला र डिजाइनले पर्यटकको मनै लोभ्याउने गरि डिजाइन गरेको पाइन्छ । दिवंगत सीता महराको स्मृतिमा स्थापना गरिएको फाउन्डेसनले थप सामाजिक काम गर्ने पनि बताइएको छ ।
तात्कालिक जनयुद्धको उद्गम थलो रोल्पामा जनयुद्धका एक कुशल अभिभावक सीता महरा स्मृतिमा निर्माण गरिएको पार्क एउटा मनोरम पर्यटकीय गन्तव्य बनेको स्थानीयको भनाइ छ ।