• एउटै दृष्टि, भिन्न कोण
  • Search

अखिल क्रान्तिकारीको इतिहासमा पहिलो महिला अध्यक्ष चयन

काठमाडौ २०७८ असोज १७ गते आइतवार

माओवादी केन्द्र निकट अखिल क्रान्तिकारीको अध्यक्ष पञ्चा सिंह बन्ने भएकी छन्। अध्यक्ष छान्न जिम्मा पाएका पार्टी अध्यक्ष प्रचण्डले बिहान अखिल क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह हुने निर्णय सुनाएका हुन्।

अखिल क्रान्तिकारीको इतिहासमा महिला अध्यक्ष बनेको यो पहिलो पटक हो। क्रान्तिकारीको अध्यक्षमा पञ्चा सिंह र सुरेन्द्र बस्नेत मुख्य दाबेदार थिए। अखिल क्रान्तिकारीले अध्यक्ष चयनको जिम्मा पार्टी अध्यक्ष प्रचण्डलाई दिएको थियो।

नेतृत्व चयनको विषयमा छलफल गर्न अखिल क्रान्तिकारीका नेताहरू आज बिहान प्रचण्ड निवास खुमलटार पुगेका थिए। सोही छलफलमा प्रचण्डले पञ्चालाई अध्यक्ष तोकिदिएका एक नेताले बताए। अब २२ औं राष्ट्रिय सम्मेलनको जारी बन्द सत्रबाट पञ्चा सिंह अखिल क्रान्तिकारी अध्यक्ष बनेको औपचारिक घोषणा हुने छ।

प्रतिक्रिया दिनुहोस