• एउटै दृष्टि, भिन्न कोण
  • Search

सल्यानमा गाडी दुर्घटना, ६ जना घाइते (नामावली सहित)

सल्यान २०७८ कार्तिक ७ गते आइतवार

सल्यानबाट दाङको तुलसीपुर तर्फ आउँदै गरेको जीप आइतबार बिहान कपुरकोटमा दूर्घटना हुँदा ६ जना घाइते भएका छन् । घाइते मध्य एक जनाको अवस्था गम्भीर रहेको छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको जिल्ला प्रहरी कार्यालय सल्यानले जानकारी दिएको छ ।

सल्यानको थारमारे बाट दाङ तर्फ आउँदै गरेको भे १ च १८९० नम्बरको डबल क्याप जीप राप्ती राजमार्ग अन्तरगत आइतबार बिहान पौने ८ बजेतिर कपुरकोट गाउँपालिका वडा नं. ३ मुलपानी नजिक दूर्घटना परेको हो ।

जीप सडक बाट झन्डै एक मिटर तल खस्न पुगेको र त्यसमा परि नाम थर वतन नखुलेको अन्दाजी ३५ बर्षीय एक पुरुषको अवस्था गम्भीर रहेको जिल्ला प्रहरी प्रमुख डिएसपी गोबिन्द थापाले जानकारी दिए ।

डिएसपी थापाका अनुसार उक्त दूर्घटनामा परि सल्यानको बागचौर नगरपालिका वडा नं. १ का १४ बर्षीय आयुस बस्नेत , सोही ठाउँका २२ बर्षीय मनोज बस्नेत , बागरचौर नगरपालिपका २ का २७ बर्षीया सीता ओली, सोही ठाउँका २८ बर्षीया बबिता रावल र उनको छोरी ११ बर्षीया एसिका रेउले घाइते भएका छन् ।

दूर्घटनाको कारण खुल्न नसकेको तथा चालक फरार रहेको प्रहरीले जनाएको छ । घाइतेहरुलाई उपचारका लागि दाङको तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल तर्फ लगिएको प्रहरीले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस