दाङ तुलसीपुरको मोतिपुरमा भएको बस दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ।
घोराही उपमहानगरपालिका वडा नम्बर १० का २८ वर्षीय प्रेम परियारलाई राप्ती प्रादेशिक अस्पताल तुलसीपुर पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेका थिए।
इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रमुख प्रहरी नायब उपरीक्षक श्याम अर्यालका अनुसार परियारलाई बसले च्यापेको थियो।
जेसिभीको सहयोगमा उद्धार गरी उनलाई अस्पताल पुर्याइएको थियो। तर अस्पतालमा उनलाई चिकित्सकले मृत घोषणा गरेको डिएसपी अर्यालले बताए।
घोराहीबाट तुलसीपुर आउँदै गरेको ना ६ ख ७६३३ नम्बरको बस तुलसीपुर उपमहानगरपालिका वडा नम्बर ६ मोतिपुरमा बेलुका सवा ५ बजे दुर्घटनामा परेको थियो। मोतिपुरको ओरालोमा बस सडकदेखि तल खस्न पुग्दा त्यसमा सवार थप २१ जना यात्रु घाइते भएको अर्यालले बताए।
अन्य घाइते सबैको तुलसीपुरमै उपचार भइरहेको अर्यालले बताए। दुर्घटनाको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ।