• एउटै दृष्टि, भिन्न कोण
  • Search

महामारीमा रोक लगाइएको औषधी संचालनमा

रोल्पा २०७९ असार १७ गते शुक्रवार

कोभिड संक्रमण महामारीको समय प्रयोगमा रोक लगाइएको औषधी संचालनमा आएको छ। गंगादेब गाउँकार्यपालीकाको पहिलो बैठकको निर्णयबाट गंगादेवका सचेत यूवाहरुद्वारा वडा नं ३ को आधारभूत स्वास्थ्य केन्द्रमा प्राप्त औषधी सोही संस्थामा दाखिला गरि संचालनमा ल्याएको हो ।

आधारभूत स्वास्थ्य केन्द्रका इन्चार्ज राजन डाँगीका अनुसार केही झोल औषधीहरु प्रयोग मिति समाप्त भएकोले दाखिला गरिएको छैन, प्रयोग मिति भएका सबै औषधीको बिवरण दाखिला गरि प्रतिबेदन गाउपालीका पठाएको र औषधी संचालनमा ल्याइएको नेपाल फ्यूजन अनलाइनलाई जानकारी दिए ।

बिगतमा फरक बुझाइले अघिल्लो सरकार प्रमुखले बितरण नगर्नु भनेको र नवनिर्वाचित कार्यपालिका बैठकमा यो बिषयमा छलफल भइ संचालनमा ल्याउने निर्णय भए अनुसारको कार्यान्वयन भएको नि. प्रमुख प्रशासकीय अधिकृत शालिकराम बस्नेतले बताए।

महामारीको समयमा यूवाहरुले सहयोग संकलन गरि मास्क, सानीटाइजर, स्वास्थ्यकर्मीको परामर्शमा औषधी रु ५० हजार रकमको सहयोग खरिदगरि महामारी प्रभावित क्षेत्र वडा नं ३ को आधारभूत स्वास्थ्य केन्द्रमा उपलब्ध गराएका थिए। तत्कालीन गाउपालिका अध्यक्ष बिरबहादुर खत्रीले प्राप्त औषधी विभिन्न आरोप लगाउदै बितरणमा रोक लगाएका थिए ।

“गाउपालिकामा धेरै बेथितिहरु भएका रहेछन, औषधी बितरण रोक एउटा उदाहरण मात्र हो। अघिल्लो सरकारले गरेका कम्जोरीहरु सच्याउन प्रयासरत रहेका छौ” उपाध्यक्ष अमृता कुमारी ओलीले बताइन ।

गाउपालकाको विकासकोलागि सबै निकाएको सहयोग आवश्यक रहेकोले बिगतको सरकार जस्तो विश्लेषण नगरि पालिकाको विकासकोलागि निजि तथा गैर सरकारी निकाएलाइ सहयोगको अपिल समेत गरेको गाउपालिका अध्यक्ष हरीबहादुर पुनले बताए ।

प्रतिक्रिया दिनुहोस