• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको गंगादेवमा जिप दुर्घटना हुदा १ जनाको मृत्युु ९ जना घाइते

काठमाडौ २०८० बैशाख १७ गते आइतवार

राेल्पाकाे गंगादेवमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएकाे छ । दाङकाे तुलसीपुरबाट राेल्पाकाे गंगादेव गाउँपालिका ६ राँक ताप्लाका लागि हिडेकाे लु १ ज ४७५५ नम्बरकाे जिप आइतबार अप्राह्न ४:३० बजे गंगादेव २ को हेलङखोलामा दुर्घटना भएकाे हाे ।

दुर्घटनामा परि स्थानीय १५ वर्षका स्कुल ड्रेसमा रहेका २ ओइलाम निवासी विद्यार्थी तिलक वलीकाे घटनास्थलमै मृत्यु भएकाे ईलाका प्रहरी कार्यालय जिनावाङ राेल्पाका प्रहरी बरिस्ठ हवल्दार यज्ञ बहादुर बस्‍नेतले जानकारी दिए ।

उनका अनुसार दुर्घटनामा परेर ९ जना घाइते भएका छन । घाइते हुनेमा गंगादेव ६ का ४८ वर्षका रमेश राना, १८ वर्षका तेजकुमार डाँगी, १५ वर्षका तेज बहादुर वली र निम बहादुर वली, ४२ वर्षका मानसिंह वली, ६० वर्षका कल बहादुर वली, प्रेम बहादुर वली, ५० वर्षकी मैमा वली र गाडी चालक कपुरकोट गाउपालिका सल्यानका ३० वर्षिय दिपक पुन छन । जसमध्ये २ जना कल बहादुर वली र मैमा वलीकाे अवस्था गम्भीर रहेकाे र उनिहरुलाइ प्राथमिक उपचार पछि प्रहरीले उपचारका लागि दाङ तुलसीपुरतर्फ पठाएकाे छ ।

गाडीमा १० जना सवार रहेकाे बुझिएकाे छ । गाडी सडकबाट लगभग ३०० मिटर तल खसेकाे र घटनाबारे थप विवरण आउन बाँकी रहेकाे छ ।

प्रतिक्रिया दिनुहोस