रोल्पामा ट्याक्टर दुर्घटना हुदा ट्याक्टरमा सवार एक जनाको घटना स्थलमै मृत्यु भएकोे छ । मृत्यु हुनेमा लुङ्ग्री गाँउपालिका वडा न ५ सर्कनाका बर्ष १३ का खेमराज रोका रहेको बताइएको छ । लुङ्ग्री गाँउपालिकाको दोमै बाट सडक निर्माणको काममा लागेका कामदारलाई काम सकेर बास बस्नको लागी गाउँपालिकाको केन्द्र किलाचौर तर्फ जादै गर्दा ट्याक्टर दुर्घटना भएको स्थानियले बताएका छन् ।
रा १ त ३८८१ नम्बरको ट्याक्टर अहिले साझ करिव ९ बजेको समयमा लुङ्ग्री गाँउपालिकाको मछेटी भन्ने स्थानमा दुर्घटना भएको बताइएको छ । ट्याक्टरमा जम्मा ८ जना कामदार सवार रहेको प्रहरीले जानकारी दिएको छ ।
दुर्घटना पछि घटना स्थलमा स्थानिय बासि र ईलाका प्रहरी कार्यालय सुलिचौरका प्रहरी प्रमुख प्रहरी निरिक्षक ओम प्रकाश वाग्लेको टोलीले उद्धार गरि मृतक र घाइटेलाई प्राथमिक स्वास्थ्य केन्द्र सुलिचौरमा ल्याएको प्रहरीले जानकारी दिएको छ ।
घाइतेहरुको उद्धार गरेर अस्पताल सम्म पु¥याउनको लागी सुनिल स्मृती गाँउपालिका अध्यक्ष मणिराम बुढाथोकिको निर्देशनमा गाँउपालिकाको गाडीले प्राथमिक स्वास्थ्य केन्द्र सम्म पु¥याएको सुनिलस्मृती गाँउपालिकाले जानकारी दिएको छ ।
ड्राइभरको अवस्था सामान्य रहेको र ट्याक्टर के कारणले दुर्घटना भएको हो भन्ने बारेमा अनुसन्धान भईरहेको प्रहरीले जानकारी दिएकोे छ । घाइते हुनेहरु अधिकांस सडग निर्माणको काम गर्न आएका जिल्ला बाहिरमा कामदारहरु रहेको बताइएको छ ।