रुकुम पश्चिको बाँफिकोट गाउँपालिकामा जिप दुर्घटना हुँदा पाँच दिनको बच्चासहित ४ जनाको मृत्यु भएको छ।
घटनास्थलबाट सानिभेरी गाउँपालिका -६ का डिलबहादुर केसीले दिएको जानकारी अनुसार दुर्घटनामा सानीभेरी गाउँपालिका ५ का देउचन खत्री, सोहि वडाका कर्णबहादुर बाँठा, बाँफिकोट गाउँपालिका ८ की रेखा खत्री र उहाँको छोराको घटनास्थलमै मृत्यु भएको छ ।
सानीभेरी गाउँपालिकादेखि रुकुमपश्चिमको खलंगाका लागि छुटेको लु १ ज १७४७ नम्बरको जिप बिहीबार बिहान ७ बजे बाँफिकोट गाउँपालिका–८ तोरीधारामा दुर्घटना परेको हो।
चार जनाको मृत्यु भएको खबर आएको र उद्दार जारी रहेको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायव उपरीक्षक नमराज भट्टराईले जानकारी दिनुभयो । जिप सडकबाट करिब ३ सय मिटर तल खसेको छ । जिपमा १५ जना सवार थिए ।