• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्वर्गद्वारी पुगेर फर्केको जीप भिङ्ग्रीमा दुर्घटना

दाङ २०८० जेष्ठ २९ गते सोमवार

प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटनामा परेकाे छ । जीपमा चालकसहित ८ जना सवार थिए । उनीहरु गम्भीर घाइते रहेकाे र मानवीय क्षतिसमेत भएकाे हुनसक्ने प्रहरीकाे आशंका छ ।

लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको हो ।

स्थानीयका अनुसार घटनामा परेकाे गाडीमा सवार ८ जना एकै ठाउँका हुन् । प्रहरीले मृत्युको पुष्टि नगरे पनि सबैलाई अस्पताल पठाउन थालेको र अवस्था छुट्टाउन नसक्ने रहेको जनाएको छ ।

दाङको लमही- ५ बाट स्वर्गद्वारी पुगेको गाडीमा सवारहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ ।

घटनाको विस्तृत विवरण आउन बाँकि छ ।

प्रतिक्रिया दिनुहोस