• एउटै दृष्टि, भिन्न कोण
  • Search

स्वर्गद्वारी दर्शन गरेर फर्किदै गरेको कार भिंग्रीमा दुर्घटना, ८ जनाको मृत्यु

दाङ २०८० जेष्ठ २९ गते सोमवार

प्युठानको स्वर्गद्वारी दर्शन गरेर फर्केको जीप दुर्घटना हुदा ८ को मृत्यु भएको छ।

दुर्घटनामा परी दाङको तुलसीपुर उपहानगरपालिका वडा नम्बर १५ कोठरीका ३५ वर्षिया सरीता शर्मा पोखरेल र उहाँका छोराहरू १४ वर्षका विशाल पोखरेल र ९ वर्षका विकास पोखरेल, लमही नगरपालिका-७ गडुवाका ४० वर्षीय गोविन्द शाह, उहाँकी श्रीमती ३० वर्षीय राधा नेपाली र उहाँहरूका छोरा ९ बर्षका आदित शाहको मृत्यु भएको डिएसपी सुशील थापा मगरले जानकारी दिनुभयो ।

यस्तै जीप चालक लमही नगरपालिका-७ का ताराबहादुर कुमाल पनि घटनास्थलमै मृत्यु भएको छ । अर्का एक जना बालकको सनाखत हुन नसकेको प्रहरीले जनाएको छ ।

लु १ च ६३४५ नम्बरको ८ जना सवार गाडी स्वर्गद्वारी दर्शन गरी फर्किँदै गर्दा स्वर्गद्वारी नपा- ४ उपल्लो भिङ्रीमा अनियन्त्रित भई दुर्घटना भएको थियो ।

प्रतिक्रिया दिनुहोस