दाङको तुलसीपुरदेखि रोल्पा गंगादेव १ ओतका लागि छुटेको रा १ ज ५५६ नम्बरको यात्रुबाहक जिप तुलसीपुर उपमहानगरपालिका वडा नं. ३ शिरखोला नजिकै जिप दुर्घटना हुदा चालकको मृत्यु भएको छ ।
रोल्पाको गंगादेव गाउँपालिका वडा नं. १ का चालक अन्दाजी ३२ वर्षीय विष्णु पुनलाई तुलसीपुरस्थित राप्ती प्रादेशिक अस्पताल पुर्याएलगत्तै चिकित्सकले मृत घोषणा गरेका हुन्।
दुर्घटनाका अन्य ८ जना घाइतेलाई थप उपचारका लागि बाँकेको कोहपुर मेडिकल कलेजका लागि रिफर गरिएको छ।अन्य ६ जनाको अवस्था गम्भीर छ ।
जीप शुक्रबार (आज) बिहान साढे १० बजेतिर दुर्घटनामा परेको थियो ।
दुर्घटनामा अन्य घाइतेको नामावली :
१) रोल्पा गंगादेव गा.पा.१ बिबाङ बस्ने बर्ष २३ को बल ब. ओली – अबस्था सिरियस
२) ऐ. ओत बस्ने बर्ष ४२ को दुल ब. ओलीको – अबस्था सिरियस
३) जि. सल्यान छत्रेश्वरी गा.पा. बस्ने बर्ष २१ की गिता बि.क. – अबस्था मध्यम
४) ऐ बस्ने गिता बि.क को छोरा बर्ष ७ को पबन बि.क. – अबस्था सिरियस
५) निजकै छोरी बर्ष ६ की स्नेहा बि.क. – अबस्था सिरियस
६) जि. दाङ तुलसीपुर उ.म.न.पा.१५ बस्ने बर्ष ३३ खुसिराम चौधरी – अबस्था सिरियस
७) जि.रोल्पा गंगादेव गा.पा. १ बस्ने बर्ष २० की रिता डाँगीको – अबस्था मध्यम
८) ऐ.ऐ. बस्ने बर्ष ३२ की गौसरा ओली – अबस्था सिरियस
९) देश भारत बंगाल कलकत्ता बस्ने बर्ष ३० को सादाम हुसेन – अबस्था मध्यम