• एउटै दृष्टि, भिन्न कोण
  • Search

सीता दाहालको निधन: श्रद्धाञ्जलीकोलागि पार्थिव शरीर पार्टी कार्यालयमा २ घण्टा राखिने

काठमाडौ २०८० असार २७ गते बुधवार

प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी पत्नी सीता दाहालको निधन भएको छ । उनको आज बिहान नर्भिक अस्पतालमा निधन भएको हो ।
अस्पताल स्रोतका अनुसार सीताको आज बिहान करिब साढे ८ बजे निधन भएको हो ।
स्वास्थ्य अवस्था गम्भीर भएपछि उनलाई आज बिहान अस्पताल लगिएको थियो । प्रधानमन्त्री प्रचण्ड पनि नर्भिक अस्पताल पुगेका छन् ।
पार्किन्सन जस्तो देखिने एक जटिल प्रकारको रोग ‘प्रोग्रेसिभ सुपरान्युक्लियर पाल्सी (पी.एस.पी.)’ बाट पीडित सीता दाहाल लामो समयदेखि ओछ्यान परेकी थिइन् ।

आज दिउसाे ११ बजे देखि १ बजेसम्म दाहालकाे पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेकपा (माओवादी केन्द्र) काे पार्टी कार्यालय पेरिस डाँडामा राखिने प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिनुभयाे ।

मृतक दाहालप्रति हार्दिक श्रद्धाञ्जली । परिवारजनमा गहिराे समवेदना ।

प्रतिक्रिया दिनुहोस