• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेकपा माओवादी केन्द्र माडी गाउँ कमिटीको ९ औं पुर्ण बैठक घर्तिगाउँमा सम्पन्न

रोल्पा २०८० भाद्र ११ गते सोमवार

नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) माडी गाउँ कमिटीको ९ औं पूर्ण बैठक घर्तिगाउँमा सम्पन्न भएको छ ।

नेकपा माओवादी केन्द्रका माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरको अध्यक्षतामा एवम् केन्द्रिय सदस्य सिता आचार्यको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा ‘जनतासँग माओवादी बिशेष रूपान्तरण अभियान’को वडा स्तरका कार्यक्रम तय गरेको छ । बैठकमा नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश सदस्य एवम् गंगादेव अभियान संयोजक नन्द बहादुर पुन, माडी गाउँपालिका अभियान संयोजक नरसिङ राणा, गंगादेव अभियान सह संयोजक धनिकला घर्ति बुढामगरको उपस्थिति रहेको थियो ।

बैठकमा माडी गाउँपालिकाका ६ वटै वडाका अध्यक्षहरुबाट आ-आफ्नो वडाको रिपोर्ट प्रस्तुत भएको थियो । बैठकले अभियानको लागि माडी १ मा उपाध्यक्ष भरत बहादुर बुढामगर र जयपुरी घर्तिमगर, वडा नम्बर २ को लागि संयोजक नरसिङ राणा र उपाध्यक्ष ललित घर्तिमगर, वडा नम्बर ३ को लागि बिर बहादुर घर्ति र गौमाया घर्तिमगर, वडा नम्बर ४ को लागि अध्यक्ष अमरसिंह घर्तिमगर र सविना घर्तिमगर, वडा नम्बर ५ को लागि आम बहादुर घर्तिमगर र दल बहादुर घर्तिमगर, वडा नम्बर ६ को लागि सह सचिव झक्कु प्रसाद परियार र गाउँ कमिटी सदस्य लोक बहादुर बुढालाइ अभियान उद्घाटन तथा संयोजनको जिम्मेवारी तोकेको छ ।

२ नम्बर वडाको सभा हलमा भएको कार्यक्रममा गाउँ कमिटी सदस्य, वडाका पदाधिकारीको समेत उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन गाउँ कमिटी सचिव विर बहादुर घर्तिले गर्नुभएको थियो ।

प्रतिक्रिया दिनुहोस