• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको गंगादेवमा बस दुर्घटना हुदा ६ जना घाइते, ३ जना को अवस्था गम्भिर

रोल्पा २०८० असोज ८ गते सोमवार

गंगादेव गाउँपालिका २ ओइलाम भिरघारेमा बस दुर्घटना हुदा ६ जना घाईते भएका छन । दाङ तुलसिपुर देखि गंगादेब गाँउपालिका वडा न. ६ राँक ताप्लाको लागी छुटेको रा १ ख ३००६ नम्बरको बस साढे ३ बजे दुर्घटना परेको हो ।

दुर्घटनामा घाइते मध्ये ३ जनाको अवस्था गम्भिर रहेको र ३ जनाको अवस्था सामान्य रहेको रोल्पा प्रहरी प्रमुख डिएसपी श्यमकुमार सारुमगरले बताए ।

गम्भिर घाईते हुनेमा गंगादेब गाउँपालिका २ ओइलमाकी वर्ष २५ की जेनिसा डाँगी, वडा नम्बर २ हेलमखोलाकी वर्ष ४० की सिता वि.क र गाडी चालक सोही गाउँपालिका वडा नम्बर ३ बडाढुंगाका वर्ष ४४ का मोहन केसीलाई थप उपचारको लागि राप्ती प्रादेशिक अस्पताल तुलसीपुर दाङमा लगिएको छ ।

सडक छेउमा लगाएको पर्खाल भासिदा बस दुर्घटना भएको हो । गाडीमा चालक सहित २० जना यात्रु सवार रहेका थिए । अन्य यात्रु भने सकुसल रहेका छन् ।

प्रतिक्रिया दिनुहोस