नेकपा (माओवादी केन्द्र)ले संचालन गरेको “जनतासँग माओवादी विशेष रुपान्तरण अभियान” जिल्ला समन्वय समिति रोल्पाको समीक्षात्मक बैठक मंगलबार रोल्पाको लिबाङमा सम्पन्न भएको छ । बरिष्ठ केन्द्रीय सदस्य एवं अभियानका रोल्पा जिल्ला संयोजक पूर्ण घर्तीमगरले “माओवादी केन्द्रले सञ्चालन गरेको जनतासँंग माओवादी विशेष रुपान्तरण अभियानले जनता, कार्यकर्तामा नयाँ शिराहबाट पार्टी निर्माण गर्नकालागि आधार तयार गरेको, माओवादीलाई रुपान्तरित भइ आम जनताको बीचमा लग्न आवश्यक रहेको बताए” ।
अभियानमा जनता र माओवादीका नेताहरु बीचमा समन्धहरुलाई सुढिृढ भएकोले निरन्तररुपमा जनताका बिच अभियानहरु लिएर जानकोलागि अनुरोध गरेका छन। माओवादीहरुले विगतको आन्दोलनमा गरेको त्याय तपस्या बलिदानकै कारणले देशमा परिवर्तन आएको कुरालाई आम जनतालाई स्पष्ट बनाउन निरन्तररुपमा लागिरहन कार्यकर्तालाई निर्देशन दिए ।
अभियान संयोजक पूर्ण घर्तीको अनुसार “माओवादी विचार राख्ने नेता/कार्यक्रताहरुले आत्मसमीक्षा गर्दै भावी राजनैतिक कार्यदिशामा आधारित नेता, कार्यकर्ताहरुले आफूलाई सुधार्न जरुरी रहेको र समाजवादी क्रान्तिको आधार तयार गर्न पार्टीले गहिरो समीक्षा गर्नु पर्ने, अन्य राजनीतिक दल भन्दा माओवादीको विचार राख्ने नेता र कार्यक्रताको विचार शैलीमा फरक हिसावले प्रस्तुत हुन जरुरी रहेको बताए।
अभियानको समीक्षा बैठकमा नेकपा माओवादी केन्द्र केन्द्रीय समिति सदस्य आइपी खरेल, नेकपा (माओवादी केन्द्र) का केन्द्रीय समिति सदस्य तेजबहादुर वली, केन्द्रीय सदस्य सीता आचार्य, बैकल्पिक केन्द्रीय सदस्य सुरेन्द्र थापा, बैकल्पिक केन्द्रीय सदस्य आसबहादुर पुनमगर, केन्द्रीय समिति जेष्ठ नागरिक मञ्च रोल्पाका सदस्य चन्द्रबहादुर पुनमगर समीक्षात्मक मनतव्य राखेका थिए ।
मन्तब्य राख्ने पालिका अभियानका संयोजकहरुमा रोल्पा नगरपालिका बाट रेशम पुनमगर, माडी गाउँपालिकाबाट नरसिंह राना, परिवर्तन गाउँपालिकबाट मौसम रोकामगर, थबाङ गाउँपालिकाबाट हितकुमारी रोका, त्रिवेणी गाउँपालिकाबाट कर्मलाल परियार, रुन्टी गाउँपालिकाबाट गोविन्द पुनमगर, सुनिलस्मृति गाउँपालिकाबाट बाबुलाल पुनमगर, लुंग्री गाउँपालिकाबाट सिवराम केसी, सुनछहरी गाउँपालिकाबाट तुलाराम खड्का लगायतले पालिकाको समिक्षात्मक मनतव्य राखेका थिए ।
जनता सँग माओवादी बिशेष रुपान्तरण अभियान मा अन्तर जिल्ला र अन्तर गाउँपालिकाको इन्चार्जहरुलाई मायाँको चिनो प्रदान गरिएको थियो । बैठकमा जिल्ला समन्वय समिति र गाउँपालिकाका पदाधीकारीहरु सहभागीको रहेको थियो ।