दाङको तुलसीपुरमा रहेको प्रमोद सोनीले सञ्चालन गर्दै आएको प्लाष्टिकको गोदाममा लागेको आगो नियन्त्रणमा आएको छ ।

प्रहरी, नेपाली सेना, सशस्त्र प्रहरी र स्थानीयको सहयोगमा नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी निरीक्षक नवचन्द्र मल्लले जानकारी दिए ।आगलागी भएको एक घण्टा भन्दा धेरै समयपछी नियन्त्रणमा आएको हो । आगलागीबाट गोदममा रहेका सम्पुर्ण सामान जलेर नष्ट भएको उनले बताए ।
आगलागी हुनुको कारण र क्षेतीको पुर्ण विवरण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।