• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पामा एकजना युवक मृत अवस्थामा फेला

रोल्पा २०८० माघ १० गते बुधवार

रोल्पाको त्रिवेणी गाउँपालिका ७ निवासी अन्दाजी ४० बर्षका शोभाराम बुढाथोकी मृत अवस्थामा फेला परेका छन ।

माघ ९ गत्ते ससुराली बाट घर फर्किएको तर घर नआएपछी बेलुका घर परिवारले सम्पर्क गर्न खोज्दा सम्पर्क नभएको घरपरिवारले खोजी गर्दा आज बिहान करिब ८ बजे घर देखि करिब ५०० मिटर तल बाटोमा मृत अवस्थामा फेला परेका थिए ।

अनुसन्धान गर्दै जादा त्रीवेणी गाउँपालिका ७ गर्गरे निवासी अन्दाजी ५८ बर्षका बल बहादुर बिक, छम्पा निवासी अन्दाजी ३० बर्षका गणेश डाँगी र १६ बर्षका खुस्मान डाँगीलाई सोधपुछको लागि प्रहरिले हिरासतमा राखेको छ ।

उनी ससुरालिबाट फर्किदै गर्दा त्रीवेणी ७ गर्गरेमा रहेको पसलमा दुई सयको सामान किनेको हुन उनिसंग पैसा थिएन, त्यही ठाउँमा मौरिको मह लिन गएका अन्दाजी ३० बर्षका गणेश डाFगी र अन्दाजी १६ बर्षका खुस्मान डाFगीलाई पैसा माग्दा उनिहरु संग पनि थिएन मैले मृतक बुढाथोकीको मोबाइल जफत गरेर पैसा लिएर आउ अनि मोबाइल लिएर जाउला भनेर भनेको हो उनिहरु ३ वटा सँगै गएको हुन बल बहादुर बिकले भने ।

तर आरोपी दुई डागीँले भने उनी दुबै जना मह लिएर उनी भन्दा अगाडि नै घर गएको बताएका छन घटनाबारे बुझ्‍न ३ जनालाई प्रहरिले हिरासतमा लगेको छ । घाइतेको टाउकोमा र अनुहारमा गम्भीर चोट लागेको छ ।

शबलाई पोस्टमार्टम लागि जिल्ला अस्पताल रेउघा पठाइएको छ । घटनाबारे बिस्तृत बिवरण भने आउन रहेको बाकी छ ।

प्रतिक्रिया दिनुहोस