नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखाको ३६ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । रोल्पा लिवाङमा रहेको उध्योग बाणिज्य संघ को सभाहलमा साधारणसभा सम्पन्न भएको हो।
नेपाल रेडक्रस सोसाइटी रोल्पा जिल्ला शाखा सभापति डिवि घर्तीमगरको अध्यक्षता तथा लुम्बिनी प्रदेशसभा सदस्य माननीय दिपेन्द्र कुमार पुनको प्रमुख अतिथ्यता, बिशिष्ट अतिथिहरु जिसस प्रमुख सीता आचार्य, रोल्पा नपा प्रमुख सुरेन्द्र थापाघर्ती, नेरेसो केन्द्रीय सदस्य तथा स्वास्थ्य समिति संयोजक नौलसिङ पुनमगर लगायत राजनीतिक दल, सरकारी तथा गैर सरकारी संस्थाका प्रमुख र प्रतिनिधिहरुको आतिथ्यता रहेको थियो ।
बार्षिक सभामा उत्कृष्ट स्वयम् सेवक घर्तीगाउँ उपशाखाका सभापति मान बहादुर घर्तीमगर र उत्कृष्ट उपशाखा बागमारा लाई सम्मान गरिएको छ । प्रमुख अतिथि र बिशिस्ट अतिथिबाट रक्तसञ्चार स्मारिका पुस्तक विमोचन गरिएको छ। उद्घाटन सत्रको शुभकामना मन्तब्यमा बोल्ने अतिथिहरुले जिल्ला शाखाले गरेका कामको प्रशंसा गरेका थिए ।
साधारण सभाको बन्दसत्रमा जिल्ला शाखाको प्रस्तुत बार्षिक प्रगति प्रतिवेदन, आर्थिक प्रतिवेदन आगामि कार्ययोजना, प्रस्तावित बजेट कार्यक्रम पारित गरेको छ।