यस वर्षबाट रुन्टीगढी गाउँपालिकाकाको होलेरी कृर्षि हाटबजारमा खसी बोका हाटबजार संञ्चालनमा आएको छ । आइटबार एक औपचारीक कार्यक्रमका बिच खसी बोका बिक्री स्थल उद्घाटन गरिएको हो ।
भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाको सहकार्य एंवम रुन्टीगढी गाउँपालिकाको आयोजना तथा गाउँपालिकाका गैर सरकारी संघ संस्थाहरुको सहयोगमा बिक्री केन्द्र सञ्चालनमा ल्याइएको छ । आइटबारे उद्घाटन भएको बिक्री केन्द्रबाट किसानले ल्यायका ३२ खसी बोका बिकी्रबाट ५ लाख बराबरको आम्दानी भएको थियो ।
हाटबजारमा ल्याएर बिक्री गर्ने किसानलाई भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पाको सहकार्यमा रुन्टीगढी गाउँपालिकाले प्रति किलो २५ रुपैया थप गरेर किसानलाई दिने भएको छ । यसरी हाटबजार बाट खसी बोका बिक्री हुदा किसान ठगिनबाट पनि बच्ने र व्यापारी गाउँ गाउँमा घुम्नु पर्ने बाध्यता पनि अन्त्य हुने गाउँपालिका अध्यक्ष जनक पुनले बताउनु भयो ।
रोल्पामा पहिलो खसी बोका हाटबजार भएको बताउदै यसलाई दिगो बनाउन गरिने सहयोगमा भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र रोल्पा तत्पर रहेको कुरा उक्त कार्यालयका प्रमुख डां.शंकर न्यौपाने ले बताउनु भयो ।
त्यसैगरि यस हाटबजारलाई दिगो बनाउन निकै चुनौतिपुर्ण भए पनि दिगो बनाउनको निम्ति भेटेरीनरी अस्पताल तथा पशु सेवा बिज्ञ केन्द्र प्रतिबद्ध रहेको कुरा पनि उल्लेख गर्नु भयो