• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको माडी गाउँपालिकाको नीति तथा कार्यक्रम र बजेट सार्वजनिक, कृषि तथा डिजिटल प्रविधि प्राथमिकतामा

रोल्पा २०८१ असार ९ गते आइतवार

रोल्पाको माडी गाउँपालिकाले स्वास्थ्य, शिक्षा, कृषि र डिजिटल प्रविधिलगाएतलाइ प्राथमिकतामा राख्दै नीति तथा कार्यक्रम ल्याएको छ । आइतबार बसेको १५ औं गाउँभामा गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै माडी क्षेत्रमा कृषिको विकास गर्न स्मार्ट कृषि भिलेज निर्माण गर्ने नीति अगाडि सारिएको बताउनुभयो । 


उहाँले माडीसँगै समग्र रोल्पाको बिकासको लागि माडीमा युद्ध पर्यटन विकास गरिने बतानुभयो । त्यस्तै संघ सरकारबाट भएका योजनालाई पनि कार्यान्वयनमा चासो दिने र त्यस्को अलवा स्थानीय तहले प्राथमिकता राखेर बजेट विनियोजन गर्ने गाउँपालिका अध्यक्ष घर्तिमगरले जानकारी दिनुभयो ।
गाउँपालिकाले  महिला लक्षित गर्दै महिला तथा किशोर किशोरीसँग उपाध्यक्ष नीति अगाडि सारेको छ।  
   कृषितर्फ नगरपालिकाले नगरका किसानहरूको डिजिटल विवरण तयार गरी किसान परिचयपत्र उपलब्ध गराउने नीति लिदै उत्कृष्ट किसानलाई पुरस्कृत गरिने समेत बताउनुभयो ।
    गाउँपालिकाले शिक्षा, युवा तथा खेलकुद तर्फ सीप सहितको गुणस्तरीय शिक्षा माडी गाउँपालिकाको अपेक्षालाई पूरा गर्ने बताएको छ । 


  स्नातक तहसम्मको अध्ययन माडी मै गर्न बहुमुखी क्याम्पस सञ्चलनलाइ समेत अध्ययनको पाटो बनाएको छ ।
    माडी गाउँपालिकाले तयार गरेको स्थानीय पाठ्यक्रम ‘हाम्रो माडी’ मा स्थानीय जाति, भाषा, संस्कृति र नैतिक शिक्षा समावेश गरीएकाले पाठ्यक्रममा आधारित पाठ्यपुस्तक लेखन र छपाइ भैसकेको हुँदा यसै बर्ष कार्यान्वयन गर्ने नीति अगाडि सारेको छ।
     गाउँपालिका अन्तर्गत हुने सम्पुर्ण वडाको विभिन्न कर प्रणालीलाई कम्युटरकृत गरिने नीति पनि गाउँपालिकाले लिएको अध्यक्ष घर्तिमगरले बताउनुभयो । यसै बिच गाउँपालिकाले आर्थिक वर्ष २०८०/०८१ को वार्षिक बजेट पनि पारित भएको छ । गाउँपालिकाले ३९ करोड ९६ लाख ५५ हजारको बजेट विनियोजन गरिएको गाउँपालिकाले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस