• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पाको गंगादेवमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु, ८ जना घाईते (विवरण सहित)

रोल्पा २०८१ माघ ९ गते बिहिवार

रोल्पाको गंगादेव गाउँपालिका वडा नं १ ओतमा जिप दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ भने ८ जना घाईते भएका छन ।

मृत्यु हुनेमा गंगादेव गाउँपालिका १ का १४ बर्षिय उमेश घर्तिको मृत्यु भएको छ । दुर्घटनामा परी घाइते हुनेहरुमा गंगादेव २ रहमाइकी १५ वर्षीय लक्ष्मी भण्डारी, त्रिवेणी ७ बजिवाङका २१/२२ वर्षीय बागबीर खत्री , गंगादेव १ विवाङचौरका १७ वर्षीय सोमन वली, १६ वर्षीय चन्द्रा डाँगी, १७ वर्षीय अनिता डाँगी, १६ वर्षीय बसन्ती डाँगी, १८ वर्षीय देवराज डाँगी, १५ वर्षीय भागिराम वली रहेका छन । घाइतेलाई उपचारको लागि माडी गाउँपालिका २ घर्तिगाउँमा पठाईएको प्रहरीले जानकारी दिएको छ ।

ओत मेलडारी बाट पोखराडाँडा तर्फ जादै गरेको ग १ ज ५७४२ नम्बरको डबल क्याव जिप चैतेकाफल भन्ने स्थानमा सडक देखी २० मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनाको कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस