• एउटै दृष्टि, भिन्न कोण
  • Search

जम्मुकस्मिर आतङ्‍कवाद आक्रमणको विरोधमा तुलसीपुरमा दिपप्रज्वलन

दाङ २०८२ बैशाख १६ गते मङ्गलवार

भारतको जम्मुकस्मिरको पहेलगाममा भएको आतङ्कवादी आक्रमणमा एक नेपाली सहित २८ जना पर्यटकको हत्या भएपछि दाङको तुलसीपुरमा दिपप्रज्वलन कार्यक्रम आयोजना गरिएको छ।

मटवाँ/वरघर/भलमन्सा संघ र नेपाल तरुण दल, दाङको संयुक्त आयोजनामा आतङ्कवाद विरुद्ध खेद प्रकट कार्यक्रममा कार्यक्रममा सहभागी हुँदै लुम्बिनी प्रदेशका पूर्व मुख्यमन्त्री डिल्ली बहादुर चौधरीले आतङ्कवादका विरुद्ध नेपाल र सम्पूर्ण नेपाली एकजुट रहेको धारणा व्यक्त गर्नुभयो।

पूर्व मुख्यमन्त्री चौधरीले मृतकहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै भन्नुभयो, “आतङ्कवादका विरुद्ध नेपाल, लुम्बिनी प्रदेश, र तुलसीपुरका नागरिक एक स्वरमा उभिएका छन्। मृतकप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै उहाँका परिवारप्रति गहिरो समवेदना प्रकट गर्दछु।”

बैशाख १० गते भएको आक्रमणमा दाङका सुदीप न्यौपानेको पनि ज्यान गएको पुष्टि भएको छ। उक्त घटना प्रति आक्रोश व्यक्त गर्दै पूर्व मुख्यमन्त्रीले भारत सरकारलाई आतङ्ककारी गतिविधिको सशक्त प्रतिवाद गर्न आग्रह गर्नुभयो।

प्रतिक्रिया दिनुहोस