• एउटै दृष्टि, भिन्न कोण
  • Search

नेपाल बैक लिमिटेड घर्तिगाउँ शाखाको एटिएम उद्घाटन

रोल्पा २०८२ बैशाख १८ गते बिहिवार

रोल्पाको माडी २ घर्तिगाउँमा रहेको नेपाल बैंक लिमिटेडले ग्राहकको सुविधालाइ ध्यान दिएर आज (विहिवार( एटिएम मेसिनको उद्घाटन भएको छ ।

रोल्पाको घर्तिगाउँमा नेपाल बैंकको एक मात्र शाखा रेहेकामा ग्राहकको सेवालाइ मध्यनजर राख्दै एटिएमको व्यबस्थापन गरिएको शाखा प्रवन्धक भुवन भट्टले जानकारी दिनुभयो । एटिएम मेसिनको आज बिहान माडी गाउँपालिका अध्यक्ष अमरसिंह घर्तिमगरले उद्घाटन गर्नुभएको थियो । उद्घाटन गर्दै गाउँपालिका अध्यक्ष घर्तिमगरले पश्चिम रोल्पाको केन्द्रको रुपमा रहेको घर्तिगाउँ बजारमा एटिएम मेसिन संचालनमा आउनु निकैको खुशीको खबर रहेको र जनताको आवश्यकता रहेको बताउनुभयो । एटिएम सेवा हालको लागि सुरक्षा र कारोवारलाइ मध्यनजर गरेर बिहान ५ बजेर ३० मिनेट देखि राती ९ बजेसम्म संचालनमा रहने बैंकले जानकारी दिएको छ ।

प्रतिक्रिया दिनुहोस