• एउटै दृष्टि, भिन्न कोण
  • Search

माडीमा फेरी ३० जनाले छाडे काग्रेस-एमालेः माओवादी केन्द्रमा “सिजल”ले गरे स्वागत

रोल्पा २०८२ असार ५ गते बिहिवार

रोल्पाको माडी गाउँपालिका वडा नम्बर ४ बुढागाँउमा एमाले र नेपाली काग्रेसका नेता कार्यकर्ता पार्टी परीत्याग गरी नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन । आज माडी गाँउपालिका वडा नं ४ कुटेचारमा आयोजित कार्यक्रममा साविक तालावाङ ८ र ९ बुढागाँउँका ३० घर भन्दा बढी नेताकार्यकर्ताहरु पार्टी नेकपा माओवादी केन्द्र मा प्रवेश गरेका हुन ।

नेकपा माओवादी केन्द्र माडी गाँउपालिकाले आयोजना गरेको जनभेटघाट तथा पार्टी प्रवेश कार्यक्रमको प्रमुख अतिथि नेकपा माओवादी केन्द्रका केन्द्रिय सदस्य, लुम्विनी प्रदेश सभा सदस्य निवर्तमान स्वास्थ्य मन्त्री दिपेन्द्र कुमार पुनमगरले ३० जना नव प्रवेशिलाइ टीकामालाले स्वागत गरेको अध्यक्ष भरत कुमार बुढामगरले जानकारी दिए ।

नवप्रवेशीहरुले काङ्रेसको गठबन्धन सरकारले गरिब किसानहरुकोलागि नभइ दलाल विचौलीयाहरुकोलागि मात्र काम गरिरहेकोले आफुहरुले नेकपा माओवादी केन्द्र मा प्रवेस गरेको बताएका थिए ।

जनभेटघाट तथा पार्टी प्रवेश प्रवेश कार्यक्रममा लुम्बिनि प्रदेश सदस्य तथा पूर्व गाँउपालिका अध्यक्ष नन्द बहादुर पुन ‘आनन्द’, पार्टी लुम्बिनि प्रदेश सदस्य तथा गाँउपालिका अध्यक्ष अमरसिँ घर्तिमगर ‘मित्रमणी’ सहभागि हुनुभएको थियो ।

प्रतिक्रिया दिनुहोस