• एउटै दृष्टि, भिन्न कोण
  • Search

रोल्पा गंगादेवबाट तुलसीपुर आउदै गरेको जिप दुर्घटना, ६ जना घाइते

दाङ २०८२ असार १६ गते सोमवार

रोल्पाको त्रिवेणी गाउँपालिकामा जिप दुर्घटना भएको छ । गंगादेव गाउँपालिका वडा नं. ४ बसारे देखि तुलसीपुर जादै गरेको रा १ ज ६३१ नम्बरको डबल क्याप जिप आज दिउँसो १ बजेर ५५ मा त्रिवेणी–३ सुकिदह स्थित भित्रि सडकमा दुर्घटना भएको हो ।

दुर्घटनाबाट गंगादेव गाउँपालिका–४ का २२ वर्षिय प्रकाश के.सी., ३२ वर्षिय कमल डाँगी, २७ वर्षिय ढकाश थापा, ४३ वर्षिय बिर बहादुर थापा र २७ वर्ष की अमृता थापा घाइते भएको जिल्ला प्रहरी कार्यालय रोल्पाले जनाएको छ ।

घाइतेलार्ई दाङको राप्ति प्रादेशीक अस्पताल तुलसीपुरमा पठाइएको बताईएको छ  । घाइते सबैको अवस्था सामान्य रहेको छ । जिप सडकबाट २० मिटर तल खसेको थियो ।

दुर्घटना भएको जानकारी पाउँनासाथ अस्थायी प्रहरी पोष्ट बुढागाउँबाट प्र.स.नि. राजकुमार घर्तीको कमाण्डमा ५ जनाको टोलि घटना स्थलमा पुगी घाइतेको उद्वार गरेको हो । दुर्घटना हुनुका कारण भने खुलेको छैन ।

प्रतिक्रिया दिनुहोस